IME Life New

नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमा पुलमा हाल्यो एक अर्ब रुपैयाँ, ‘हाम्रो दायित्व पुरा गर्यौँं’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दायित्व अन्तर्गतको एक अर्ब रुपैयाँ कोरोना बीमा पुलमा भुक्तानी गरेको छ। कम्पनीले यस अगाडि ९० करोड रुपैयाँ भुक्तानी गरिसकेको थियो। आजै बाँकी १० करोड रुपैयाँ पनि भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

कोरोना बीमा पुलमा आफ्नो दायित्व अन्तर्गतको रकम भुक्तानी गर्न पाउदा खुसी लागेको कम्पनीले जनाएको छ। कोरोना बीमा मापदण्ड २०७७ अनुसार नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब भन्दा माथि २ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी गर्नु पर्ने व्यवस्था छ।

Esewa
Crest

बीमा समिति, बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र नेपाल सरकारको समन्वयमा कोरोना बीमाको दाबी  बाँडफाडको सहमति भएको थियो। यहि सहमति अनुसार नेपाल पुनर्बीमाले आफ्नो दायित्व पुरा गरेको हो। मापदण्डमा भएको व्यवस्था अनुसार नेपाल पुनर्बीमाले दाबी भुक्तानी गरे सँगै अब बीमकहरुको महाविपत्ति पुल मार्फत ५० करोड रुपैयाँ भुक्तानी गर्नु पर्ने छ।

बीमा समितिले तीन अर्ब ७६ करोड रुपैयाँको दाबी भुक्तानीका लागि स्वीकृति दिएको छ। नेपाल पुनर्बीमाले भुक्तानी गरे सँगै बीमितले प्राप्त गर्ने दाबी भुक्तानी थप बढ्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS