काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बोर्डले मेडिकल अधिकृत र फार्मेसी अधिकृत पदका लागि करार सेवामा ९ जना कर्मचारी माग गरेको हो ।
बोर्डले मेडिकल अधिकृत पदका लागि ४ जना र फार्मेसी अधिकृत पदका लागि ५ जना कर्मचारी माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।