काठमाडौं । यो साता नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको कारोबार कुनै ब्रोकर कम्पनीबाट खासै आक्रमक खरिद र बिक्रि भएको देखिएको छैन। नेप्सेमा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयर ० दशमलव २६ प्रतिशतले मात्र बढेको छ । गत साता १५४७ रुपैयाँ प्रति कित्ता कम्पनीको बजार मूल्यमा बन्द भएको कम्पनीको शेयर यो साता १५५१ मा बन्द भएको छ ।
यो साताको फ्लोरसिट हेर्दा नेपाल पुनर्बीमा कम्पनीको ४८ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने ब्रोकर नम्बर ५५ बाट सर्वाधिक बिक्रि भएको छ । यो साता कम्पनीको ४८ ब्रोकरबाट ७ करोड ४५ लाख ४२ हजार ९ सय ९३ रुपैयाँको शेयर खरिद भएको छ।
त्यस्तै, २८ नम्बर ब्रोकरबाट ६ करोड ४७ लाख ७८ हजार ६ सय ३४ रुपैयाँ, ३२ नम्बर ब्रोकरबाट ४ करोड १ लाख २९ हजार ८ सय ५९ रुपैयाँ र ५७ नम्बर ब्रोकरबाट २ करोड ७१ लाख ५८ हजार ९९ रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी, यो साता ५५ ब्रोकरबाट सर्वाधिक ६ करोड ६९ लाख १० हजार ४ सय ४७ रुपैयाँको शेयर बिक्रि भएको छ ।त्यस्तै, ३८ नम्बर बोक्ररबाट ३ करोड ९० लाख ९७ हजार ८ सय ६१, ४२ नम्बर बोक्ररबाट ३ करोड ४९ लाख ७६ हजार १ सय ४९, २५ नम्बर ब्रोकरबाट ३ करोड ४१ लाख ३० हजार ३ सय ४० रुपैयाँ, र २९ नम्बर ब्रोकरबाट २ करोड ६४ लाख ९५ हजार ४ सय ४५ रुपैयाँको शेयर बिक्रि भएको छ ।