IME Life New

यूएस बंगलाको विमान दुर्घटनामा पिडित परिवारले १० लाख अमेरिकी डलर सम्म बीमा रकम पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, चैत्र ०८ । यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाख देखि १० लाख अमेरिकी डलर सम्म बीमा रकम पाउने भएको छ ।

दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बीमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्रा्िष्ट्रय नागरिक उड्डयन विज्ञ प्रा. प्रभाकर अधिकारीले बताउनुभयो ।

Esewa
Crest

अमेरिकाले हवाई यात्रुको बीमा रकम वार्सा सन्धिमा कमी भएको भन्दै बढाउन मन्ट्रियल सन्धिको अवधारणा ल्याएको थियो । त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलको धावनमार्गका दुर्घटना भएको विमानमा अमेरिकी लगानी छ । पीडित परिवारले मन्ट्रियल सन्धिमा उल्लेख विमान कम्पनीको व्यावसायिक क्षेत्रलाई आधार मानेर अमेरिकाको अदालतमै बीमा दाबी गर्दा ठूलो रकम पाउने वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारीले बताउनुभयो ।

मन्ट्रियल सन्धि लागू नभएकै अवस्थामा पनि थाई एयरवेजको जहाज दुर्घटनामा परी ज्यान गुमाएकी सन्तोष कोइरालाका श्रीमानले अमेरिकाको क्यालिफोर्निया अदालतबाट असीमित दायित्व अन्तर्गतको बीमा दाबी गर्दा सात लाख पचास हजार डलर पाएका थिए । त्यतिबेला वार्सा सन्धिमा २० हजार मात्रै बीमा रकम ताकिएको थियो ।

यूस–बंगला विमान दुर्घटनाबाट पीडित परिवारले दाबी नगर्दा पनि न्यूनतम पनि एक लाख एसडीआर अर्थात् एक लाख ४५ हजार अमेरिकी डलर एक करोड ४५ लाख रुपैयाँ पाउँछन् । असीमित दायित्वअन्तर्गत क्षतिपूर्ति दाबीका लागि सरकारी निर्णय र विमान दुर्घटनासम्बन्धी प्रतिवेदन कुर्नु पर्दैन । (विभिन्न अनलाइनमा समाचार छापिएका छन)।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS