IME Life New

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा पुस २९ गते, के के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पाँचौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कार्की ब्यांक्वीटमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल पारित गर्ने प्रस्ताव रहेको छ । लेखापरीक्षण प्रतिवेदन २०७६ को वासलात, नाफा, नोक्सान हिसाब, नगद प्रवाह वित्तीय विवरण सम्बन्धी अनुसुचीहरु माथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, आर्थिक वर्ष २०७६ /७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

Esewa
Crest

त्यस्तै संस्थागत शेयरधनीको तर्फबाट नेपाल सरकार बाहेकको १ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना गरी २ जनजा सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत सभामा रहेको छ ।

त्यसैगरी सभामा कम्पनीको संचालक समितिको निर्णय बमोजिम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकमलाई अनसमोदन गर्ने तथा कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार र नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो सम्बन्धी फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिने विषेश प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गतेदेखि बुक क्लोज गर्ने भएको छ। जसका लागि पुस १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन्।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS