IME Life New

किसानलाई राहात, तरकारी खेती बीमालेखमा थपियो ६ प्रकारका आलु खेती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तरकारी खेती बीमालेखमा आलु खेती पनि समेटेको छ।

प्राधिकरणले ६ प्रकारको आलु खेती तरकारी खेती बीमालेख (उत्पादनमा आधारित)मा समेटेको हो। यसले आलु खेती गर्ने किसानलाई राहात पुग्नेछ। कुनै प्रकार कीटजन्य रोग वा प्राकृतिक विपत्तिका कारण भएको क्षतिले आलु खेती गर्ने किसानले अब बीमामार्फत क्षतिपूर्ति पाउनेछन्।

Esewa
Crest

प्राधिकरणले तरकारी खेती बीमालेखको अनुसूची १ मा संशोधन गर्दै आलु खेती छुटेको समावेश गरिएको जनाएको छ। संशोधित विवरणअनुसार प्राधिकरणले आलु समूहमा आलु टीपीएस, आलु जनकदेव, आलु डेजिरे, आलु कार्डिनल, आलु रोजिटा र आलु स्थानीय समावेश गरेको छ। यी मौसमी र एकल बाली टिपाइ हुन्।

प्राधिकरणका अनुसार आलु टीपीएसको उत्पादकत्व प्रतिहेक्टर ३० मेट्रिकटन, जनकदेवको ३० मेट्रिकटन, डेजिरेको १५ मेट्रिकटन, कार्डिनलको २० मेट्रिकटन, रोजिटाको १५ मेट्रिकटन र स्थानीयको १५ मेट्रिकटन रहेको छ। यी आलुका प्रकारको बाल अवधि क्रमशः ११०–१२० दिन, ११० दिन, ९०–१२० दिन, ८०–११० दिन, १२०–१४० दिन र ९०–१२० दिन रहेको छ।

अब तरकारी खेती बीमालेखबमोजिम आलु खेती बीमालेखको बीमांक निर्धारण गर्न पनि प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS