IME Life New
GBIME

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सुर्खेतको वीरेन्द्रनगर–६ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको हो ।

सभाको प्रारम्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए । त्यसपश्चात् सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्य सहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

सभाले समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालकमा ईश्वर लाल श्रेष्ठ र सुनिता महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS