Siddhartha Bank
GBIME
IME Life

सगरमाथा जलविद्युत कम्पनीको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश रहेका छन्।

SKYWELL
Crest

प्रस्ताव लाभांश पारित गर्न कम्पनीले मंसिर १४ गते वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजे सुरु हुनेछ।

सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियामावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले अन्य कम्पनीमा लगानी गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यसका साथ चालु आर्थिक वर्षका लागि लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कमपनीले कात्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २१ गतेसम्म कायम शेयरधनीहरु लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS