Connect IPS
IME Life

विगतमा अब्बल एनएमबि बैंकको अहिले खस्कँदो छवि ! महत्वपूर्ण सूचकहरू पनि कमजोर अवस्थामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  कुनै समय अब्बल बैंकको पहिचान बनाएको एनएमबि बैंक अहिले भने खस्कँदो अवस्थामा देखिएको छ । बैंकको वित्तीय विवरण सुखद् देखिँदैन भने अन्य गतिविधि पनि सन्तोषजनक नरहेको पाइएको हो ।

समग्र सूचकहरू हेर्दा बैंकको अवस्था दिनप्रतिदिन खस्कँदो रहेको देखिन्छ । जसअनुसार, पछिल्ला वित्तीय विवरणहरू आकर्षक छैनन् ।
बैंकको नाफा गत वर्षको तुलनामा १६ प्रतिशतले घटेको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवको चैतसम्ममा २ अर्ब २४ करोड १५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशतले घटेको छ । चालु आवको तेस्रो त्रैमासमा बैंकले ५ अर्ब ५२ करोड लाख रुपैयाँ आम्दानी गरेको छ । जबकि बैंकले गत आवको सोही समयमा ६ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ८३ करोड ५ लाख ५३ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३ अर्ब ३० करोड २४ लाख रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा अनुपातमा त्यति सुधार देखिँदैन । गत आवको चैतमा २.९६ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा २.८६ प्रतिशत रहेको छ । बैंकको पहिलो त्रैमासमा २.८४ प्रतिशत र दोस्रो त्रैमासमा २.८६ प्रतिशत खराब कर्जा अनुपात रहेको थियो ।
बैंकको लगानीमा प्रतिफल (रिटर्न अन इक्विटी) गत आवको तुलनामा निकै खस्किएको छ । गत आवको चैत मसान्तमा १३.०६ प्रतिशत रहेको आरओई चालु आवको चैतसम्ममा १०.४३ प्रतिशतमा झरेको छ ।
यस्तै बैंकको प्रतिसेयर आम्दानी गत आवको तुलनामा निकै घटेको छ । गत आवको चैतसम्ममा बैंकको इपिएस १९.४७ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १६.२७ रुपैयाँ रहेको छ ।
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा सुनिल केसी छन् । उनै केसी वाणिज्य बैंकका सिईओहरूको संगठन बैंकर्स संघमा अध्यक्ष छन् । उनी बेलाबेला विभिन्न विवादमा तानिने गरेका छन् । बैंकर्स संघले विगत केही समय ब्याजदरमा सिण्डिकेट लगाउने काम गरेको थियो । जसबाट बैंकको ब्याज चर्को भएको थियो ।
सबै बैंकले घोषित रुपमै ब्याज बढाउने घटाउने खेलमा लाग्दा ऋणी मारमा परेका थिए । गत असारमा सरकारले ब्याजदर घटाउन पहल गरिरहेको थियो । त्यसैबिच बैंकर्स संघको सिण्डिकेट हटाइने भियो । खुल्ला ब्याजदर नीति लागू भएसँगै संघका अध्यक्ष तथा एनएमबी बैंकका सिईओ केसीले नै सबैभन्दा पहिले आफ्नो बैंकमार्फत नै धेरै ब्याज दर बढाउन सुरु गरे । ब्याजदर प्रतिस्पर्धी बनाएर घटाउन सिण्डिकेट तोडेको बैंकरहरुले उल्टै ब्याजदर बढाएको र सरकारलाई अप्ठेरोमा पार्न खोजेका थिए ।
ब्याजदरका विषयमा मात्र हैन केसी बैंक सञ्चालनका क्रममा अन्य विवादमा पनि तानिएका छन् । बैंकले विभिन्न समयमा अवार्डहरू पाएको थियो । त्यस्ता अवार्डहरू बैंकले किनेर नै लिने गरेको, झुटा सूचकहरू देखाएर राम्रो देखिने गरेको जस्ता आरोप बैंकलाई लाग्दै आएको छ ।
बैंकमा संचालक समितिको अध्यक्षमा मनोज कुमार गोयल रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा शर्मिला हार्दि प्रकाश, जीवन कुमार कटवाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी र शिरीष कुमार मुरारका र स्वतन्त्र सञ्चालकमा बन्दना पाठक तथा कम्पनी सचिवमा प्रमोद कुमार दाहाल रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ सुनिल के.सी.देखि डेपुटी सीईओमा सुदेश उपाध्याय र गोविन्द घिमिरे तथा विभागीय प्रमुखहरूमा प्रमोद कुमार दाहाल, नवीन मानन्धर, श्रीजेष घिमिरे, डा.बुद्धि मल्ल, रोशन रेग्मी छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS