IME Life

खराब कर्जाले बैंकहरु थप तनावमा, वित्तीय विवरण झन् निराशाजनक आउँदै

SPIL
NIC ASIA

काठमाडौं । अर्थतन्त्रको शिथिलता चुलिँदै जाँदा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण थप निराशाजनक आउने भएको छ। चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने तयारीमा रहेका बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण थप निराशाजनक आउने चिन्ता थपिएको हो।

गत पुस मसान्तको तथ्यांकमा वाणिज्य बैंकहरुको औसत खराब ऋण अनुपात ३.६० प्रतिशत पुगेको थियो। गत पुसमा केही बैंकको खराब ऋण अनुपात ५ प्रतिशत नजिकसमेत रहेको थियो। बैंकहरुले यसै साता सार्वजनिक गर्न लागेको वित्तीय विवरणले अवस्था झनै निराशाजनक देखाउने चिन्तामा यतिखेर बैंकरहरु छन्।

Prabhu
Crest

राष्ट्र बैंकले अर्थतन्त्रलाई केही चलायमान बनाउनका लागि ऋणी र बैंकर दुवैलाई ऋण पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएको थियो। डेढ वर्षयता दिँदै आएको यस्तो सुविधा गत चैत मसान्तदेखि बन्द भएको छ। तर, त्यस सुविधाले बैंकको वित्तीय अवस्थामा सुधार ल्याउने अवस्था छैन। विगतमा यस्तो सुविधाले बैंकर र व्यवसायी दुवैलाई लाभ मिले पनि अहिले त्यस्तो नभएको बैंकरहरु बताउँछन्। यस्तो सुविधा पाए पनि व्यापारमा मन्दीको अवस्था रही नै रह्यो भने बैंकको कर्जा असुलीमा पनि अपेक्षाकृत सुधार हुन सकेको छैन।

अर्थतन्त्रको शिथिलतालाई सरकारले चिर्न नसक्दा बैंकिङ क्षेत्रले समेत थप तनाव भोग्नुपर्ने जानकारहरु बताउँछन्। जसले बैंकरहरुलाई चिन्ता थपिएको छ। एक बैंकर भन्छन्, ‘२०७९ मा यस्तो तरिकाले अवस्था बिग्रिएको थिएन। तर, यस वर्ष निकै नै प्रभावित भएको छ। राजस्वले चालु खर्च पनि नपुग्ने अवस्था रह्यो। कर्जाको पनि माग छैन।’

अहिले ब्याजदर घटे पनि कर्जाको माग सिर्जना नहुनु, कर्जा असुलीमा पनि वृद्धि नहुनुजस्ता कारणले अबको केही वर्ष झनै प्रभावित हुने ती बैंकरले सुनाए। राजनीतिक स्थिरता नहुँदासम्म सबै क्षेत्र प्रभावित हुने ती बैंकरको बुझाइ छ।

अर्का बैंकर अहिले समग्रमा मन्दीकै अवस्था रहेकाले ऋणीहरुले चाहेर पनि ऋण तिर्न नसकिरहेको सुनाउँछन्। विगतको भन्दा अहिले मानिस धेरै निराश रहेको ती बैंकरले सुनाए। सरकारले सबै क्षेत्रको मनोबल बढाउनुपर्नेमा त्यसो हुन नसकेको ती बैंकरको पनि बुझाइ छ।

साना तथा मझौला व्यवसाय बन्द गरेर अहिले विदेशिनेको संख्या बढेको ती बैंकर बताउँछन्। यसले समग्रमा अहिले मन्दीको अवस्था रहेको र टिक्न गाह्रो रहेको बुझिएको उनले सुनाए।

अर्थतन्त्रमा आएको शिथिलताको असर अहिले समग्र बैंकिङ क्षेत्रमा देखा परिसकेको छ। बैंकहरुको फागुनसम्मको वित्तीय विवरण खुम्चनुले यसलाई पुष्टि गर्छ। बैंकहरु अहिले कर्जा असुलीका लागि जोडतोडले लागिरहेका छन्। तर, पनि अपेक्षाकृत रुपमा असुली हुन नसकेको उनीहरु सुनाउँछन्। कतिपय ऋणीले दिन मन भएर पनि नसकेको अवस्था रहेको बैंकरहरु बताउँछन्।

कर्जा असुलीमा समस्या पर्दा बैंकहरुको खराब कर्जा अनुपात बढेको छ। जसकारण नियामकीय व्यवस्थाअनुसार उनीहरुले सम्भावित कर्जा नोक्सानीका लागि ‘प्रोभिजनिङ’ बढाउनुपर्दा फागुनसम्ममा नाफा घटेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा वाणिज्य बैंकहरुले ४२ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा उनीहरुको नाफा ४८ अर्ब ८३ करोड रुपैयाँ थियो। यो अवधिमा वाणिज्य बैंकहरुले सम्भावित कर्जा नोक्सानीका लागि ४८ अर्ब ५५ करोड रुपैयाँ प्रोभिजन गरेका छन्।

अब सार्वजनिक हुने बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण यसभन्दा पनि कमजोर आउने चिन्ता बैंकरहरुलाई छ। कर्जा असुलीका लागि ब्याज छुटजस्ता अनेक स्किम र रणनीति लगाउँदा पनि अपेक्षाकृत कर्जा असुली हुन सकेको छैन। अब यस समस्यालाई चिर्न कसरी अगाडि बढ्ने भन्ने अन्यौल रहेको एक बैंकर बताउँछन्। ती बैंकरले सरकारले सहजीकरण गरेर सबै क्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्नेमा जोड दिए।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

80%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS