IME Life

भारतः भिनाजुसँग मिलेर पतिको हत्या, बीमाको रकम कुम्ल्याउन पत्नीले रचिन् यस्तो षड्यन्त्र

SPIL
NIC ASIA

काठमाडौं । भारतको ग्वालियरमा एक व्यक्तिको हत्या प्रकरणमा प्रहरीले सनसनीपूर्ण खुलासा गरेको छ। त्यहाँ एक महिलाले बीमाको २० लाख रुपैयाँ हत्याउन षड्यन्त्रपूर्व पतिको हत्या गरेको खुलेको हो। यतिमात्र होइन हत्यालाई दुर्घटनाजस्तै बनाउन अर्को नाटक पनि रचिएको प्रहरीले जनाएको छ।

यो घटना गत शनिबार ग्वालियर प्रहरीले सार्वजनिक गरेको हो। पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्यामा संलग्न ती व्यक्तिका पत्नी र अन्य ४ जना आफन्तलाई सार्वजनिक गरेको थियो। अझै एक अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ।

Prabhu
Crest

गत अप्रिल ४ मा प्रहरीले ग्वालियरको चिनौर थाना क्षेत्रको भौरी कल्भर्टनजिक रगत लत्पतिएको अवस्थामा एक अज्ञात व्यक्तिको शव फेला पारेको थियो। सुरुमा घटनालाई हेर्दा प्रहरीलाई सडक दुर्घटनाजस्तो लाग्यो। प्रहरीले मृतकको गोजी खानतलासी गर्दा आधार कार्ड फेला परेको थियो। जसका आधारमा मृतक पुरानी क्यान्टोनमेन्ट सुसेराका रामधर जाटव रहेको प्रहरीले पत्ता लगायो।

प्रहरीले अनुसन्धान गर्दा रामधर रक्सी पिउने लत रहेको र आफ्नी पत्नीसँग दिनहुँ झगडा गर्ने गरेको पाइएको थियो। यतिमात्र होइन रामधरलाई घरमा केही मानिस आउनेमा पनि आपत्ति थियो। जसका कारण उनकी पत्नी चिन्तित भइन्। रामधरले केही दिनअघि आफ्नो पैतृक घर बेचेर केही रकम आफ्नो बीमामा खर्च गरेको प्रहरीले पत्ता लगाएको थियो।

अनुसन्धानका क्रममा कल डिटेल्सका आधारमा प्रहरीले रामधरकी पत्नीमाथि शंका गरेको थियो। प्रहरीले उनलाई सोधपुछ गर्दा हत्या आरोप स्वीकार गरिन्। त्यसपछि उनले पतिको हत्या गरेको सनसनीपूर्ण षड्यन्त्रको खुलासा गरिन्।

पटक–पटक झगडाबाट दिक्क भएर पतिको हत्या गर्ने निर्णयमा पुगेको ती महिलाले बयान दिइन्। त्यसका लागि उनले डाबरा बस्ने भिनाजु सुरेन्द्र जाटव, उनका नातेदार नरेन्द्र जाटव र उनका दुई साथी जितेन्द्र शाक्य र दिनेश जाटवसँग मिलेर श्रीमानको हत्या गर्ने योजना बनाएकी थिइन्। यसअन्तर्गत रामाधरको हत्यापछिको बीमा रकम सबै अभियुक्तमा समान रुपमा बाँडफाँट हुने भनिएको थियो।

सुनियोजित योजनाअनुसार रामाधरकी पत्नीमाथि कसैलाई शंका नहोस् भनेर मोरेनाको बागचिनीस्थित नन्दको घरमा पठाइएको थियो। अप्रिल ३ मा रामाधरलाई अरु बागचिनीबाट ग्वालियर पठाइएको थियो। यस क्रममा पत्नी अन्य आरोपीसँग सम्पर्कमा थिइन् र आरोपितसँग आफ्नो पति रहेकोको स्थानबारे जानकारी गरिरहेकी थिइन्।

पुरानो क्यान्टोनमेन्टमा पुगेपछि सुरेन्द्रले रामधरलाई उनका दुई साथी नरेन्द्र र दिनेशसहित कारमा बसाए। उनीहरुले उनलाई रक्सी खुवाएर नरवरनजिकै रुमालले घाँटी थिचेर कारमै हत्या गरेका थिए। त्यसपछि रामाधरको शव चिनोरको भौरी कल्भर्टनजिक फालिएको थियो। यो हत्यालाई दुर्घटनाजस्तो देखाउन कारमाथि कार हानेर भागेका थिए।

यो घटनामा पक्राउ परेकाहरु सबै अहिले प्रहरी हिरासतमा छन्। उनीहरुमाथि हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS