IME Life

कथा: जीवन बीमा

SPIL
NIC ASIA

काठमाडौं । बीमा अभिकर्ता बीमितकोमा गएछन्।

अभिकर्ताः नमस्कार

Prabhu
Crest

बीमितः नमस्कार कति कामले पाल्नु भयो ?

अभिकर्ताः आज हजुरलाई बीमा गराउन आएको ।

बीमितः के हो बीमा भनेको?

अभिकर्ताः बीमा भनेको वर्तमानमा सुरक्षा र भविष्यमा समृद्धिका लागि बीमा कम्पनी र बीमितबीचमा गरिने एक प्रकारको करार सम्झौता हो। तपाइँ रहे तपाइँले र तपाइँ नरहे तपाइँको आश्रितले पाउँछन् पैसा ।

बीमितः गर्दिनँ म, बीमाले मलाई के हुन्छ र ?

अभिकर्ताः त्यसो भनेर हुन्छ दाइ जीवनको के भरोसा, अस्ती तल्लो घरे माइलो दाइले दसैँमा मासु खाँदा हड्डी अड्केर मरेका होइनन् र ? अनि हाम्रै ठूलो दाई पनि जाबो औँलो रोगले खसेका होइनन् ? विचरा मेरै काका पनि बिसेक हुने फ्रस्ट स्टेजको क्यान्सर रोग लाग्दा पैसा जोहो गर्न नसकेर यो संसारबाट बिदा हुनुपर्यो । अर्को महत्वपूर्ण कुरा हाम्रै छिमेकी बालाई बुढेसकालमा छोराहरुले पाल्न पर्यो भनेर नराम्रो व्यवाहार गरेको मैले मेरै आँखाले देखे बूढासँग पैसा नभएर, समस्या र जोखिम जहाँतहीँ छ र जोखिमबाट आइपर्ने आर्थिक समस्याहरुबाट बाँच्न बीमा गराउनुपर्छ, बीमाले जीवन जिउन सहज, सरल, खुसियाली बनाउँछ बुझ्नु भयो।

बीमितः आहा कति राम्रो कुरा गर्नु भयो, ल तपाइँले जित्नु भयो, अब एउटा बीमा गर्नु पर्यो जोखिम त जहाँतहीँ छ नि।

अनि बीमित र अभिकर्ताबीच १५ लाखको बीमा गर्ने सहमति भयो। अनि अभिकर्ता मख्ख बीमित झन मख्ख ।

लेखक: राजकुमार दाहाल रिलायबल नेपाल लाइफका ब्रान्च म्यानेजर हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS