IME Life

१६ औं वार्षिकोत्सव मनाउँदै एशियन लाइफ, हवाईदेखि हाइड्रोसम्म लगानी विविधीकरण

SPIL
NIC ASIA

काठमाडौं । तेश्रो पुस्ताको जीवन बीमा कम्पनीका रुपमा परिचित एशियन लाइफ इन्स्योरेन्सले १६ औं वार्षिकोत्सव मनाउँदैछ। जीवन बीमा क्षेत्रमा डेढ दशक लामो यात्रा पुरा गरेको यो कम्पनीले यस अवधिमा जीवन बीमा कोष ४१ अर्ब ३० करोड रुपैयाँ पुर्‍याएको छ। कम्पनीका अनुसार फागुन मसान्तसम्ममा लगानीको रकम ४६ अर्ब १० करोड रुपैयाँ नाघि सकेको छ।

मर्जरको बाटो नरोजी पूँजी वृद्धिको बाटोमा

चुक्ता पूँजीका लागि बोनश शेयर र हकप्रद शेयरको बाटो रोज्दै यो कम्पनीको व्यवस्थापनले मर्जरको विकल्पभन्दा टाढै रहन रुचायो । १६ औं वार्षिक साधारण सभाबाट घोषणा भएको बोनश शेयरको सूचीकरण भएपछि यसको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्नेछ। ५ अर्ब चुक्ता पूँजीका लागि अपुग रकम ४२ प्रतिशत हकप्रद शेयर जारी गरेर जुटाउने योजना कम्पनीले साधारण सभामार्फत् सार्वजनिक गरि सकेको छ। एशियन लाइफसँगै अस्तित्वमा आएका तीन ठूला जीवन बीमा कम्पनीले पूँजी वृद्धिका लागि मर्जरको बाटो रोजेपनि एशियन लाइफले लिगेसी कायम राखिरहनका लागि मर्जरको विकल्पबाट टाढै रह्यो ।

Prabhu
Crest

लगानी विविधीकरणमा जोडः

एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले पछिल्लो समयमा जीवन बीमा कोष र चुक्ता पूँजी समेतको रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्दै लगानी विविधीकरणमा जोड दिएको छ। यसले निर्जीवन बीमा, पुनर्बीमा, बैंक, पर्यटन, हवाई, जलविद्युत क्षेत्रमा आक्रामकरुपमा लगानी बिस्तार गर्दै लगेको छ। लगानी विविधिकरणका केही क्षेत्रमा यो बीमा क्षेत्रकै प्रतिनिधित्व गर्दै पायोनियर लगानीकर्ताका रुपमा छाप बनाई रहेको छ। एशियन लाइफले बीमा कम्पनीबाट प्रवर्द्धित पहिलो क्यापिटल कम्पनी एशियन क्यापिटल लिमिटेड सञ्चालनमा ल्यायो । यसैगरी काठमाडौं र पोखराको चारतारे स्तरको होटलमा लगानी गरेर पर्यटन क्षेत्रमा प्रवेश गर्ने पहिलो बीमा कम्पनी बन्यो । संघीय राजधानीको रवि भवनमा अवस्थित क्राउन इम्पेरियल होटलले सर्वसाधारणमा आइपिओ जारी गर्नका लागि धितोपत्र बोर्डमा निवेदन समेत दिई सकेको छ।

यति मात्र नभएर यती एयर लिमिटेडको ४९ प्रतिशत शेयर खरिद गरेर हवाई उडान व्यवसायमा पनि उपस्थिति दर्ज गरेको छ। स‌ंवेदनशील मानिने हवाई सेवा क्षेत्रमा लगानीलेाई लिएर अनावश्यक जोखिम मोलेको भन्दै टिप्पणी भई रहेपनि यसले एशियन लाइफको ब्राण्ड इमेजका लागि सकारात्मक प्रभाव पारेको छ।

यसबाहेक एशियन लाइफले अहिले मकवानपुर जिल्लाको सुपर बागमती हाइड्रो पावर जलविद्युत आयोजनासँगै पाँचवटा जलविद्युत आयोजनामा लगानी गरिसकेको छ। एशियन लाइफ साझेदार रहेको माबिलुङ जलविद्युत आयोजनाले आइपिओ निष्काशनका लागि प्रकृया शुरु गरिसकेको छ।

७५ वर्ष पुरानो निर्जीवन बीमक नेपाल इन्स्योरेन्स कम्पनीमा १५ प्रतिशत संस्थापक शेयर खरिद गरेर निर्जीवन बीमा व्यवसायमा मात्र प्रवेश गरेन नेपाल पुनर्बीमा कम्पनीमा समेत संस्थापक शेयर संख्यासँगै लगानी बढाउँदै लगेको छ। प्रभू बैंकको संस्थापक शेयरमा समेत उल्लेख्य लगानी गरेको छ।

कम्पनीले गरेका यी लगानीमध्ये अधिकांश दीर्घकालीन प्रकृतिका छन् । यी लगानीहरुबाट प्रतिफल प्राप्त गर्नका लागि कम्तीमा पाँच वर्षसम्म यसका बीमित र लगानीकर्ताले पर्खनुपर्नेछ।

४९ अर्ब बीमाशुल्क आम्दानीः

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार चालू आव २०८०/८१ को फागुन मसान्तसम्ममा यसले ४९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरिसकेको छ। यो मध्ये चालू आवमा फागुनसम्ममा मात्र ५ अर्ब १५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। १२ लाख ४२ हजार बीमालेख संख्या रहेको यो कम्पनीसँग १ लाख १३ हजार अभिकर्ता आबद्ध छन् । कूल बीमाशुल्क आम्दानीको आधारमा जीवन बीमा व्यवसायमा यसको बजार हिस्सा ५ प्रतिशतको हाराहारी छ।

आर्थिक मन्दीको प्रभाव यो कम्पनीको शाखा सञ्जालमा पनि देखिएको छ। कुनै बेला १५० वटा शाखा रहेकोमा अहिले १३९ मा खुम्चिएको छ।  हाल ४२९ जना कार्यरत यो  कम्पनीले सूचनाको हक अन्तर्गत प्रकाशन गरेको स्वघोषणा अनुसार महिला कर्मचारीको संख्या ३३ प्रतिशतभन्दा बढी छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS