IME Life

कोरोनाजस्तै मान्छेको ज्यान लिन थालेको घाँटी दुख्ने रोग के हो ? कसरी जोगिने

SPIL
NIC ASIA

काठमाडौं । जापानमा घाँटी दुख्ने रोग जस्तै लक्षण देखिने संक्रमण फैलाई रहेको कडा ब्याक्टेरियाका कारण प्रभावितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। हालसम्मको अध्ययन अनुसार यो रोगबाट ग्रसित बिरामीमध्ये ३० प्रतिशतको ज्यान गएको देखिएको छ। केही महिनादेखि नेपालमा समेत यस्तै प्रकृतिको घाँटी दुख्ने रोगको भाइरसको प्रभाव देखा परेपनि रोगका कारण बिरामीको ज्यान गएको खबर अझैसम्म सुनिएको छैन।

जापानको राष्ट्रिय संक्रामक रोग संस्थान (एनआईआईडी) ले स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) को बिरामीहरुको संख्यामा उल्लेखनीय वृद्धि रेकर्ड गरेको छ। समूह ए स्ट्रेप्टोकोकसको ब्याक्टेरियाले गर्दा हुने यो रोगका बिरामीहरु मुख्यतया स्ट्रेप थ्रोट र इम्पेटिगोबाट ग्रसित छन्। शुरुमा कडा रुपमा घाँटी दुख्ने यो रोगको ब्याक्टेरिया शरीरमा रगतको माध्यमबाट तन्तुसम्म फैलिएर शरीरको भित्रि अंग र बाहिरी छाला मासु समेत खाई दिने गरेको छ।

Prabhu
Crest

चिकित्सकहरुका अनुसार यो ब्याक्टेरियाले संक्रमित बिरामीको शरीरभित्र प्रवेश गरेर भित्रभित्रै अंगको क्षयीकरण अर्थात् मासुनै खाई दिएको देखिएको छ। जापानमा सन् २०२३ मा, ५० भन्दा कम उमेरका व्यक्तिमध्ये ३०.९ प्रतिशत बिरामीको मृत्यु दर्ज गरिएको थियो । न्यूयोर्कको स्वास्थ्य विभागले एसटीएसएसका बिरामीको मृत्युदर ६० प्रतिशतसम्म रहेको टिप्पणी गरेको छ।

एसटीएसएस बिरामीको वृद्धि जापानमा गम्भीर आक्रामक स्ट्रेप्टोकोकल संक्रमणको वृद्धिसँगै आएको छ। सन् २०२३ मा, त्यहाँ ९४१ गम्भीर स्ट्रेप्टोकोकस संक्रमण बिरामी थिए। एनआईआईडीको तथ्याङ्क अनुसार २०२४ को पहिलो १० हप्तामा ४७४ जना संक्रमित भइसकेका छन्।

जनवरीमा, एनआईआईडीले भन्यो कि गत वर्षको जनवरी र डिसेम्बर १७ को बीचमा एसटीएसएसका ३४० घटनाहरू थिए, जसमध्ये ९७ जनाको मृत्यु भएको थियो। यो २०१९ पछि दोस्रो-उच्च संख्या थियो, त्यतिबेला १०१ संक्रमित मृत्यु भएको थियो ।

यो रोगको भाइरसको संक्रमणबाट जोगिने उपायः

जापानी स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई नियमित रूपमा आफ्नो हात धुने सल्लाह दिएका छन् । साथै मास्कको प्रयोग नियमित गर्न पनि सुझाएका छन् ।

यसबाहेक स्वास्थ्य अधिकारीहरुले शरीरको कुनै अंगमा घाउचोट लागेको छ भने एकदमै सावधानीपूर्वक उपचार जारी गर्न सुझाव दिएका छन् । घाउ निको पार्न लापरवाही भएको अवस्थामा घाउकै माध्यमबाट पनि भाइरसको संक्रमण हुन सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।

योग रोगको संक्रमित मान्छेमा घाँटी सुख्खा हुने घाँटी दुख्ने सुख्खा खोकी लागि रहने लक्षण देखिने भएकाले यस्तो लक्षण देखिएलगत्तै सिधै चिकित्सकसँग सुझाव लिएर औषधी सेवन गर्नु उपयुक्त हुन्छ । यस्तो लक्षण देखिएका बिरामीले मान्यताप्राप्त चिकित्सकसँग चेकजाँच नगराई जथाभावी एन्टीबायोटिक औषधी सेवन नगर्न समेत स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् ।

युनिभर्सिटी कलेज लन्डनका इम्युनोलोजीका एमेरिटस प्रोफेसर डेभिड काट्जले न्यूजवीक अखबारलाई भने,महामारी पछि  सरसफाइका उपायमा लापरवाहीले संक्रमणको वृद्धि गरेको छ, तर बिरामीहरुको गम्भीरतामा भएको वृद्धिलाई “पुरानो स्वच्छता परिकल्पना” द्वारा व्याख्या गर्न सकिन्छ। ”

“तपाईले स्ट्रेप ए को लागी आफ्नो प्रतिरक्षा कायम राख्नुभएको छ यसको सम्पर्कमा रहनु भएको छ, र अचानक तपाई धेरै वर्षसम्म [महामारीको समयमा] यसको सम्पर्कमा हुनुभएन – त्यसैले अब जब तपाइँ यसको सम्पर्कमा आउनुहुन्छ, त्यतिबेला तपाईको शरिर यसको प्रतिरक्षाको तयारी बिनाको अवस्थामा खडा भएको हुन्छ।

जबकि काट्जले  एसटिएसएस प्रभावित ५० भन्दा कम उमेरका मानिसको अनुपातमा भएको वृद्धिलाई “व्याख्या गर्न एकदमै गाह्रो” भएको टिप्पणी गरे । उनले महामारीको समयमा बाहिरी सम्पर्कमा अंकुश लागेकोमा प्रतिबन्ध हटाइएपछि बढेको सामाजिककरणको कारणले पनि यस्तो संक्रमण तीब्र गतिमा फैलिएको हुनसक्ने बताए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS