IME Life

‘बीमा मिस’ उपनामले चिनिएकी केशरी भन्छिन् सेवाभाव बोकेर काम गर्ने अभिकर्ता सफल हुन्छन्

SPIL
NIC ASIA

काठमाडौं । केशरी राई ‘बीमा मिस’को नामले परिचित छिन् । पेसाले किशोरी एक बीमा अभिकर्ता हुन् । संखुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुमा जन्मिएकी केशरीको बाल्यकाल सामान्य परिवारमा बित्यो । २०४८ सालमा जन्मिएकी केशरीले एसएलसीसम्मको अध्ययन आफ्नो जन्मस्थानबाटै पूरा गरिन् । आफ्नो पालामा गाउँमा प्लस टु नभएकाले केशरी संखुवासभाबाट प्लसटु पढ्न धरान झरिन् । प्लस टु को अध्ययन सकेपछि केशरी विवाह बन्धनमा बाँधिन् । विवाहपछि केशरीले स्नातकसम्मको अध्ययन पूरा गरिन् । सामान्य परिवारमा जन्मिएकी केशरीलाई पढाइका लागि परिवारबाट सपोर्ट थियो । आफ्नै केही गर्नुपर्छ भन्ने मानसिकता बोकेकी केशरीले आफ्नो कन्सल्टेन्सी चालाउँदै आएकी थिइन् ।

यसरी जोडिन् बीमा क्षेत्रमा
आफ्नै कन्सल्टेन्सी व्यवसाय चलाउँदै आएकी केशरीलाई आफ्नै कन्सल्टेन्सीका शिक्षक सुरेन राईले एजेन्ट बन्नका लागि आग्रह गरे । शिक्षक राई एशियन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्टसमेत थिए । आफ्नै कन्सल्टेन्सीमा पढाउने शिक्षकले भनेको पेसा राम्रो नै होला भनेर केशरीले पनि ‘हुन्छ’ भनिन् । यही क्रममा केशरीले २०७४ सालमा एशियन लाइफबाट अभिकर्ताको लाइसेन्स लिइन् । आफ्नो व्यवसायमा पनि समय दिनुपर्ने बाध्यतामा केशरीले एशियन लाइफबाट राम्रोसँग बीमा व्यापार गर्न सकिरहेकी थिइनन् ।

Prabhu
Crest

यसैबीच कारोना महामारीका कारण देश लकडाउन गयो । शैक्षिक संस्थाहरु ठप्प भए । तर, केशरीका लागि भने नयाँ अवसरको बाटो खुल्यो । त्यो नै हो, बीमा अभिकर्ता । समय अभावका कारण एशियन लाइफमा हुँदा बीमाबारे राम्रोसँग बुझ्न नपाएकी केशरीलाई लकडाउनको समयमा दिलु राई भन्ने साथीले सिटिजन लाइफबाट मिलेर काम गरुँ भन्ने सल्लाह दिइन् । दिलुले मात्रै नभएर केशरीलाई सिटिजन लाइफकै ब्रान्च म्यानेजर खगेन्द्र तोलालले ‘बीमा एजेन्ट बन्नुपर्छ, त्यसका लागि हामी साथ सपोर्ट दिन्छौँ’ भन्ने सल्लाह दिएपछि केशरीले सिटिजन लाइफबाट बीमा व्यापार गर्ने निधो गरिन् । अन्ततः उनले २०७५ सालमा सिटिजन लाइफबाट अभिकर्ताको लाइसेन्स लिएर काम सुरु गरिन् । एशिन लाइफबाट बीमा अभिकर्ता पेसा अँगालेकी केशरी अहिले सिटिजन लाइफबाट बीमा बुझाउँदै हिँडेकी छिन् ।

अभिकर्ता पेसाले फेरिदियो केशरीको जीवनशैली
अभिकर्ता पेसामा प्रवेश गरेपछि आफ्नो जीवनशैलीमा निकै परिवर्तन पाएकी केशरी यो पेसाप्रति सन्तुष्ट छिन् । सन्तुष्ट नहुन् पनि कसरी ? यही पेसाले उनलाई समाजमा हेर्ने दृष्टिकोण फेरिएको छ । त्यतिमात्रै होइन आर्थिक रुपमा सक्षम हुन पुगेकी छिन् । उनी भन्छिन्, ‘शैक्षिक संस्थामा हुँदा भित्रै बसेर विद्यार्थीलाई म्यानेजमेन्ट गर्थें । अहिले अभिकर्ता पेसामा फिल्डमा हिँड्छु । सबै कुरा बुझ्ने मौका पाएँ । बीमा ज्ञान बाँड्न पाएँ ।’ आफू बोल्ने कुरामा धेरै पछाडि रहेको अनुभव सुनाउँदै केशरीले भनिन्, ‘यो पेसाले मलाई बोल्न र अगाडि बढ्न सिकाएको छ ।’ सबैले बीमा मिसको नामले चिनेका छन् । यो नामले समाजमा चिन्न पाउँदा धेरै खुसी रहेको केशरीले सुनाइन् ।

अहिले पहिलाजस्तो बीमा बुझाउन गाह्रो नरहेको केशरीको अनुभव छ । ‘पहिला–पहिला बीमा गराउन धेरै गाह्रो हुन्थ्यो’, केशरी भन्छिन्, ‘अहिले मानिसहरु शिक्षित भए । बीमा हाम्रा लागि राम्रो रहेछ । बीमाले भविष्यमा पर्ने जोखिमको भारलाई न्यूनीकरण गर्ने रहेछ बुझेका छन् । आफूले बीमा राम्रोसँग बुझाउन सक्यो भने बीमा गराउन गाह्रो छैन ।’

‘अभिकर्ताले ग्राहकलाई भ्रममा नपारी सही र सत्य कम्पनीका बारेमा बुझाएर बीमा गराउने हो भने अभिकर्ता सबैको नजरमा राम्रो हुन्छन्’, केशरी थप्छिन्, ‘सबै अभिकर्ता त भन्दिनँ तर कोही–कोही अभिकर्ताले कम्पनीका बारेमा हुँदै नभएको भ्रम फैलाएर पैसा डबल हुने आश्वसन दिएका हुन्छन् । तर, त्यो सही नहुन पनि सक्छ । तिनै अभिकर्ताको कमजोरीले गर्दा सबै अभिकर्तालाई अलि गाह्रो हुन सक्छ । कम्पनीको राम्रो र सही कुरालाई बजारमा फैलाएर बीमा गराएमा अवश्यक सफल भइन्छ ।’

सुरुमा आफ्नै छोराको बीमा गराएको हुनाले पहिलो बीमा खासै गाह्रो नभएको केशरीको भनाइ छ । त्यसपछि पनि उनले आफन्तहरुको बीमा गराइन् । उनी भन्छिन्, ‘मैले बीमा प्रस्ताव लिएर गएको ठाउँमा अहिलेसम्म मलाई कुनै नराम्रो अनुभव भएको छैन । बीमा प्रस्ताव लिएर गएको ठाउँमा सबैबाट बीमा नआए पनि अनुभव भने अवश्य लिएर फर्किन्छु।’

बीमा सबैका लागि अरिहार्य
बीमा सबैका लागि अरिहार्य रहेको केशरीले सुनाउँछिन् । बीमा साना बच्चादेखि ठूला मानिसका लागि महत्वपूर्ण छ । उनले भनिन्, ‘बीमामार्फत आजको गरेको सानो बचतले भोलि भविष्यमा पर्ने हरेक जोखिमको सामना गर्न मद्दत गर्छ । बीमाले बचतमात्र भई आवश्यक परेको बेलामा ऋण पनि दिने गर्छ । त्यसैले बीमा बचत र लगानी दुवै हो ।’

केशरीको बुझाइमा बीमा मानव सेवा पनि हो। ‘साथै आम्दानीको एक पाटो पनि’, उनी भन्छिन्, ‘अभिकर्ता पेसामा लागेपछि एकदम सन्तुष्ट महसुस गरेकी छु। बीमा आर्थिक सुरक्षा हो, आजको स–सानो बचतले भोलिको ठूलो आर्थिक जोखिम बहन गर्छ ।’ त्यसकारण ठूला हुन् वा साना सबैले बीमा गर्नुपर्ने केशरी बताउँछिन् ।

केशरी भन्छिन्, ‘बीमा अभिकर्ता पेसा यस्तो पेसा हो, जहाँ आम्दानीको कुनै सीमा हुँदैन वा आफूलाई चाहेजति वा गर्नसकेजति आम्दानी गर्न सकिन्छ । समयको हिसाबले पनि स्वतन्त्र हुन्छ, अभिकर्ता पेसा । बीमा अभिकर्ता मानौँ एक समुद्र हो, त्यसमा जति पानी लिन चाह्यो, त्यति नै पाइन्छ । बस मेहनतको आवश्यकता पर्छ ।’

अभिकर्तामा हुनुपर्ने गुण
सामान्य मानिसमा भन्दा अभिकर्ता पेसा अलि भिन्न खालको गुण हुनुपर्ने केशरीको अनुभव छ । ‘अभिकर्तामा सम्बन्धित विषयवस्तुको ज्ञान, जुन कम्पनीमा आबद्ध हो, त्यो कम्पनीका बारेमा ज्ञान हुनुपर्छ । साथै, अन्य कम्पनीका बारेमा ज्ञान हुनुपर्छ । जुन कम्पनीको प्रतिनिधित्व गर्ने हो, त्यसको बोनसदर लगायतका अन्य कुरा पनि बुझनु जरुरी हुन्छ’, केशरी भन्छिन्, ‘यस्ता ज्ञान र गुण एउटा सफल बीमा अभिकर्तामा हुनु जरुरी छ ।’

अभिकर्ता पेसाका राम्रा पक्ष
भविष्यमा आइपर्ने जोखिमहरुलाई न्यूनीकरण गर्ने र मानिसको आर्थिक अवस्थालाई सबल बनाउने बाटोमा डोर्याउने हुनाले यो पेसा आफूलाई राम्रो लाग्ने गरेको केशरीको भनाइ छ। उनले भनिन्, ‘अभिकर्ताले आममानिसलाई बीमा ज्ञान बाँडेर शिक्षा दिएका हुन्छन्, त्यो पनि राम्रो पक्ष हो । बचतसहित सुनिश्चत भविष्यका लागि जोहो गर्न लगाउने नै यो पेसाको राम्रा पक्ष हो।’

केशरीले सिटिजन लाइफको स्किम गोल्ड क्लबमा प्रवेश गर्ने मौका पाइन् । कम्पनीले दिने हरेक लक्ष्य पूरा गर्ने केशरीको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS