IME Life

११ बीमकहरुले घोषणा गरे लाभांश, अझै तीन कम्पनीको शेयर किन्दा पाइन्छ प्रतिफल

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म ११ बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये सात वटा निर्जीवन बीमा रहेका छन् भने ४ वटा जीवन बीमा कम्पनी रहेका छन् । हालसम्म सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्स र एशिन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन् ।

त्यस्तै, नेपाल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र सगरमाथा लुम्बनी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

Prabhu
Crest

प्रभु इन्स्योरेन्स लिमिटेड
कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ दशलमव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव २५ नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले साधारण सभाको मिति भने तय गरेको छैन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजारको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश अनुमोदनका लागि २७औं वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको छ । उक्त सभा अमृतभोक क्याटरिङ कालिकास्थानमा गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १३ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । त्यसकारण चैत १२ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स
यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको कुल २५ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा २३ दशमलव ८ प्रतिशतले हुन आउने ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थका लागि १ दशलमव २५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २११ रुपैयाँ रहेको छ। कम्पनीले साधारण सभाको मिति तय गरेको छैन् ।

प्रभु इन्स्योरेन्स लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने साधारण सभाको मिति तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छैन । यस हिसाबले यी कम्पनीको शेयर किन्दा प्रस्तावित लाभांश पाउन सकिनेछ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लाभांश अनुमोदनका लागि २७औं वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको छ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १३ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । त्यसकारण चैत १२ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।

लाभांश घोषणा गरेका अन्य कम्पनीहरुले भने साधारण सभा गरि लाभांश अनुमोदन गरिसकेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले पहिलोपटक लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ०२६३२ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले माघ १४ गते सातौँ वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश अनुमोदन गरिसकेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनी गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँबराबरको बोनस शेयर र ६.३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ । कम्पनीले माघ २५ गते, बिहीबार, आफ्नो ३०औं वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश अनुमोदन गरिसकेको छ ।

नेपाल इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.७२ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९.९७ रुपैयाँबराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६।३१ रुपैयाँ बराबरको नगद लाभांश छ । यस कम्पनीले ७५औँ वार्षिक साधारणसभा पुस १३ गते नै सम्पन्न गरी लाभांश अनुमोदन गरिसकेको छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ । कम्पनीले सातौं वार्षिक साधारण सभा माघ २९ गते, सोमबार सम्पन्न गरी लाभांश पारित गरिसकेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी
यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट कुल १० दशमलव ८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० दशमलव २६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस कम्पनीले आफ्नो ३० औं वार्षिक साधारण सभा फागुन ६ गते आइतबार सम्पन्न गरी लाभांश अनुमोदन गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी
यस कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाखको ५ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यस कम्पनीले कम्पनीले १८औं वार्षिक साधारण फागुन ३ गते सम्पन्न गरी लाभांश पारित गरिसकेको छ ।

एशियन लाइफ इन्स्योरेन्स
यस कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत ९१ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले फागुन १८ गते सम्पन्न गरेको १६औं वार्षिक साधारण सभाले लाभांश अनुमोदन गरिसकेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी
कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीले ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले फागुन ३० गते सम्पन गरेको ३०औँ वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS