IME Life

शेयर बजारमा ६ अंकको गिरावट हुँदा १२८ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । हिजो बढेको बजार आज ६ दशलमव २४ अंकले घटेर २,०६७ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

सोनापुर मिनरल्सको १८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १५ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर कम्पनी र शिवम् सिमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS