IME Life

वाणिज्य बैंकहरुको नाफा साढे ३५ अर्ब, सर्वाधिक कमाउनेमा नबिल, अन्यको कति ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्। यो ७ महिनामा २० वटा वाणिज्य बैंकले कुल ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन्।

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यो बैंकले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Prabhu
Crest

यसैगरी दोस्रो सर्वाधिक नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यो बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
उच्च नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा रहेको छ। यो ७ महिनामा ग्लोबल आइएमईले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

प्राइम कमर्सियल बैंक २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफाका साथ चौथो स्थानमा रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक २ अर्ब ३८ करोड ९ लाख रुपैयाँका साथ पाँचौँ स्थानमा रहेको छ।

धेरै नाफा कमाउनेको सूचीमा एनआईसी एसिया बैंक छैटौँ स्थानमा रहेको छ। यो बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ।

माघसम्म एभरेस्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ र कुमारी बैंकले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

अर्ब मुनि नाफा आर्जन गर्नेमा ५ वटा वाणिज्य बैंक छन्। जसमा सिटिजन्स बैंकले ९९ करोढड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकले ९५ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

53%

खुसी

18%

दु :खी

12%

अचम्मित

12%

उत्साहित

6%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS