IME Life

जोखिम व्यवस्थापनको एकमात्रै भरपर्दो, विश्वासिलो र निर्विकल्प माध्यम नै बीमा: टेकराज आचार्य

SPIL
NIC ASIA

जोखिम हस्तान्तरणको अनिवार्य र निर्विकल्प माध्यम हो बीमा। विश्वमा बीमाको अभ्यास हेर्दा परापूर्वकालमा इराकमा चोरी, डकैत तथा अन्य क्षतिबाट बच्नका लागि सामूहिक कोष निर्माण गरी जोखिमको व्यवस्थापन गरेको देखिन्छ। ई.पू. ६०० मा ऋग्वेदमा समेत जोखिम व्यवस्थापनको शब्द योगक्षेम प्रयोग भएको पाइन्छ। आधुनिक कालमा सन् १३०० मा इटलीबाट बीमाको पहिलो करार गरेको पाइन्छ। जसलाई ‘पोलिजा’को नामबाट करार गरिएको थियो। सायद त्यसैले होला शब्द र समयको विकाससँगै हिजोआज त्यही पोलिजा करार पोलिसीका नामबाट जारी गरिन्छ। इतिहासलाई अध्ययन गर्दा सन् १५३६ जुन १८ मा सामूहिक १६ जनाले इंग्ल्यान्डबाट बीमा गरेको पाइन्छ र पहिलो बीमा गर्ने व्यक्ति विलियम गिभन्स रहेका थिए।

यसरी विश्व बजारमा बीमाको अभ्यास हुँदा नेपालमा भने जोखिम व्यवस्थापनको हेतुले नेवार समुदायबाट गुठीका रुपमा सुरुआत भएको पाइन्छ भने औपचारिक रुपमा विसं. २००४ मा माल चलानी एन्ड बीमा कम्पनीका रुपमा स्थापना भएको थियो। जसलाई स्थापना गर्नका लागि नेपाल बैंकले ठूलो भूमिका खेलेको थियो। यसरी विधिवत स्थापना भएको कम्पनी २०१६ सालमा नेपाल इन्स्योरेन्स एन्ड ट्रन्स्पोर्ट हुँदै २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनीमा परिवर्तन भएको थियो। जसले निर्जीव बीमाको कार्य गर्ने गरी परिवर्तन गरिएको थियो।

Prabhu
Crest

त्यस्तै २०२४ साल पुस १ गते रु. १ करोड अधिकतम पुँजीमा राष्ट्रिय बीमा संस्थानको स्थापना भयो। त्यतिबेलासम्म पनि बीमालाई व्यवस्थित गर्नेका लागि कुनै वैधानिक कानुन तथा रिगुलेटरका रुपमा कुनै संस्था वा निकायको स्थापना भएको थिएन। राज्यले त्यही कुराको आवश्यकता महसुस गरेर होला २०२५ सालमा पहिलोपटक बीमा ऐन, २०२५ जारी भयो र २०२६ सालमा बीमा समितिसमेत स्थापना भयो। समयको मागसँगै बीमा कम्पनीको सञ्चालन र व्यवस्थित व्यवस्थापनको र सहजीकरणका लागि तथा कानुनभन्दा विपरीत कार्य गरेमा दण्डितसम्म गर्ने अधिकारसहित स्थापना भएको बीमा समितिको पहलमा २०४९ सालमा बीमा ऐन, २०४९ जारी भएको थियो।

यसरी नेपालमा बीमाको अभ्यास र विकास भएको अवस्थामा अस्वस्थ प्रतिस्पर्धाबाट जोगाउने, बजारले धान्न सक्नेगरी र पुँजीको वृद्धि गरी बीमा कम्पनीलाई थप बलियो, भरपर्दो, गुणस्तरीय, छिटो र छरितो प्रविधिमुखी सेवा प्रवाह गर्नका लागि र नागरिकको बचत र जोखिम व्यवस्थापनलाई चुस्त–दुरुस्त राख्नका निम्ति नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीलाई एक–आपसमा गाफ्ने/गाभिने (मर्जर) नीतिअनुरुप कम्पनी मर्जर गराउन सफल भएको छ। मर्जरमा गएका कम्पनीको हरेक सूचकांकहरु सकारात्मक रहेका छन्।

हालसम्म आइपुग्दा जीवन बीमासम्बन्धी काम गर्ने संस्था १४ वटा निर्जीवन बीमासम्बन्धी काम गर्ने संस्था १४ वटा, माइकोमा जीवन बीमासम्बन्धी काम गर्ने ३ वटा र निर्जीवन बीमासम्बन्धी काम गर्ने ४ वटा र २ वटा पुनर्बीमा कम्पनीको समेत स्थापना भई सफल कार्य गरिरहेका छन्। बीमा समितिका रुपमा स्थापित भएको संस्था बीमा ऐन, २०७९ जारी भएपछि नेपाल बीमा प्राधिकरणको नाममा परिणत भएको छ।

मानव जीवन, निर्जीवनलगायत भौतिक साधन, घर, गाडी, वस्तु, बालीनाली, जीव, प्राणीलगायतको जोखिम बहन गरी हाम्रो घर, समुदाय र समाजमा हुने आर्थिक क्षतिको जोखिमलाई व्यवस्थापन गर्ने एकमात्रै भरपर्दो विश्वासिलो र निर्विकल्प माध्यम भनेको बीमा नै हो। बीमा क्षेत्रलाई व्यापक, अनिवार्य, सर्वसुलभ र दुर्गम एवं ग्रामीणस्तरमा यसको पहुँच बढाउनका लागि तथा प्रचार–प्रसार र सचेतता फैलाउनका लागि बीमक, बीमा प्राधिकरण र बीमा मध्यस्तकर्ताले मात्रै भूमिका खेलेर पुग्दैन। हामी सबैले हतेमालो गर्नुपर्छ। बीमाको आवश्यकता, महत्व र बीमा नगर्दा एक सामान्य नागरिकले भोग्नुपरेको आर्थिक क्षति र पीडा अथवा बीमाबाट प्राप्त दाबी भुक्तानीबाट एक परिवार प्राप्त भएको आर्थिक सुरक्षाजस्ता तथ्यपरक जानकारी बुझ्ने गरी ग्रामीण गाउँबस्तीमा बुझाउन जरुरी छ। अनिमात्र बीमालाई जनस्तरमा विश्वासिलो बनाउन सकिन्छ।

बीमाको महत्व, आवश्यकता र औचित्यताको सम्बन्धमा नीतिगत सुधार आवश्यक छ। आज हरेक नागरिक सामान्य सिटामोल खाना पाइरहेका छैनन् भने ठूला प्राणघतक रोग जस्तः हदयघात, क्यान्सर, मस्तिष्कघात, बोन म्यारो, प्यारालाइसिस, सुन्ने–बोल्ने शक्तिमा ह्रास, आँखाको दृष्टि गुम्ने खतरा, आगो वा करेन्टबाट हुने जलनलगायतको विपत्ति आउँदा ती सर्वसाधारणको स्वस्थ्यको सुरक्षा कसले लिन्छ ? धन र जनको सुरक्षा गर्नु राज्यको दायित्व होइन। आर्थिक रुपमा सम्पन्न हुनेहरुका कारण उपचारका नाममा करोडौँ रुपैया देशबाट बाहिरिएको छ।

यदि हामीले कानुनमै अनिवार्य बाध्यकारी व्यवस्था गर्नसकेमा नागरिकलाई प्राणघातक रोगबाट बचाउनुका साथै देशको ठूलो रकम बाहिर जानबाट जोगाउन सकिन्छ। नागरिकको बृहत सुरक्षा र जोखिमको व्यवस्थापन बीमाबाट हुन्छ भन्ने जानकारी हुँदाहुँदै आमनागरिकलाई कनुनी रुपमा अनिवार्य गर्ने गरी हामी किन आवाज उठाएको पाउँदैनौँ। एक बालक विद्यालयमा भर्ना गर्दा जन्मदर्तासँगै बीमाको रसिद हुनुपर्ने, नागरिकता बनाउँदा बीमा गरेको प्रमाणपत्र देखाउन पर्ने, विवाह दर्ता गर्दा बीमा रसिद अनिवार्य हुनुपर्नेजस्ता नियम बनाउने हो भने बालबालिकाको सुन्दर भविष्य र आमनागरिकको बूढेसकाल निकै सहज हुन्थ्यो होला। अब समय आएको छ। संसदमा बीमाको व्यापकताका बारेमा र आमनागरिकलाई कसरी बीमाको पहुँचमा पुर्याउने ? त्यसका लागि राज्यले कसरी सहयोग गर्न सक्छ ? कसरी सर्वसाधरण नागरिकलाई अनिवार्य बचत र आर्थिक सुरक्षाको जोखिम न्यूनीकरण गर्ने सकिन्छ। त्यसका लागि के–कस्ता कानुन ल्याउँदा उपयुक्त हुन्छ र नेपालबाहेक अन्य देशले के–कसरी आफ्नो देशको नागरिकलाई बीमाको पहुँचमा ल्याउन सफल भएका छन् वा छैनन् ? यी विविध विषयमा सरोकारवाला जिम्मेवार हुन जरुरी देखिन्छ।

बीमा क्षेत्रलाई आमजनतासँग जोड्न बीमामैत्री समाज निर्माण गर्न र बीमक तथा बीमा व्यवसायलाई थप विश्वासिलो बनाउनका लागि आजको प्रविधिको युगमा मिडियाले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ। रिडियो, टेलिभिजन, सामाजिक सञ्जाल, अनलाइन पोर्टल, युट्युब, छापा र अन्य माध्यमबाट बीमासम्बन्धी जनचेतना कार्यक्रम जस्तै– निश्चित फर्म्याट, जिङ्गल, सडक नाटक, टेली नाटक शृंखला, श्रव्यदृश्य कार्यक्रम राज्य तहबाटै सञ्चालन गर्न सकियो भने थप विश्वास र बजारीकणमा टेवा पुग्ने देखिन्छ।

यसरी विश्व बजारलाई हेर्दा नेपालमा बीमाको इतिहास धेरै लामो नभए पनि नेपाल बीमा प्राधिकरण मातहतमा रहेको बीमा क्षेत्रले छोटो समयमा उल्लेखनीय कार्य गरेको छ। जनताको दुःख र विपत्तिको साथी बनेर हरेक जोखिम र पीडाको पलमा बीमाले मलमपट्टी लगाउने कार्य गरेको छ। आज बीमा क्षेत्रमा भएका कमी–कमजोरीलाई सुधार गर्दै हरेक नागरिकको पीडामा साथ दिन, नागरिकको गुनासो सुन्न, सेवा प्रणालीलाई छिटो–छरितो गराउन बीमक संस्थाहरुलाई नजिकबाट प्रदेशस्तरमा अनुगमन गर्न नेपाल बीमा प्राधिकरणले साथै प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गरी सेवा दिँदै आएको छ। समयानुकूल बीमा योजना जारी गर्ने, दाबी भुक्तानीलाई पारदर्शी बनाउन, हरेक विवरण सिस्टममा व्यवस्थित गराउन, मासिक रुपमा व्यावसायिक प्रतिवेदन सार्वजनिक गर्नलगायत अन्य विविध विषयमा बीमक संस्थालाई जिम्मेवार बनाउने कार्यमा प्राधिकरणले निकै महत्वपूर्ण भूमिका खेलेको छ।

अन्तमा हामी सबैले आआफ्नो स्तरबाट बीमामैत्री समाज बनाउन सक्यौँ र गाउँबस्तीमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सक्यौँ भने आमनागरिकको आर्थिक सुरक्षा र बचतमात्रै होइन, भोलिको नयाँ नेपाल सुखी र समृद्धि नेपाली बनाउन कसैले रोक्न सक्दैन।

(लेखक आचार्य हिमालयन लाइफ इन्स्योरेन्सको सुदूपश्चिम प्रदेशका उपप्रादेशिक प्रमुख हुन् ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS