IME Life

बैंकिङ प्रणालीबाट एकैपटक रु. ५० अर्ब तान्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

SPIL
NIC ASIA

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि फागुन २४ गते एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। फागुनमा यो पहिलोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

राष्ट्र बैंकले यसका लागि भोलि बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको चैत ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

Prabhu
Crest

तरलता व्यवस्थापन गर्नकै लागि राष्ट्र बैंकले गत माघमा नौ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तानेको थियो। त्यस्तै राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरेको थियो।

पछिल्लो समय बैंकिङ प्रणालीमा दैनिकजसो निक्षेप बढिरहेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ६१ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS