IME Life

८ जीवन बीमकले घोषणा गरे नयाँ बोनसदर, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को लागि हालसम्म ८ वटा जीवन बीमा कम्पनीले मात्रै नयाँ बोनसदर घोषणा गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म मेट लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, एलआइसी नेपाल, सूर्यज्योति लाइफ र रिलायबल नेपाल लाइफ गरी ५ कम्पनीको मात्र गत आर्थिक वर्षको बोनश दर स्वीकृत गरिएको छ।

हरेक वर्ष कम्पनीको बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पछि घोषणा गरेको बोनस दरका आधारमा बीमितले बोनश रकम पाउँछन् । नयाँ बोनश दर घोषित नहुँदासम्म बीमितले पछिल्लो घोषित बोनश दरकै आधारमा समर्पण मूल्य, बीमालेख धितो कर्जा, अग्रिम दाबी भुक्तानी, जीवित लाभ (सर्भाइभल बेनिफिट), मृत्यु दाबी भुक्तानी र परिपक्व दाबी भुक्तानीवापतको रकम भुक्तानी प्राप्त गर्छन् ।

Prabhu
Crest

कम्पनीहरुको आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा र दायीत्वको मूल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन प्राधिकरणबाट स्वीकृत भएसँगै ती कम्पनीले प्रचलनमा ल्याएका मुनाफामा सहभागि हुने जीवन बीमा योजनाहरुमा नयाँ र अन्तरिम बोनशका रुपमा नयाँ बोनश दर लागू हुनेछ ।

सिटिजन लाइफ इन्स्योरेन्स  कम्पनी
यो जीवन बीमा कम्पनीले जारी गरेको विभिन्न बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकत्तम ७७ रुपैयाँसम्म बोनश दर कायम गरिएको छ ।

अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख) मा १० देखि १४ वर्ष अवधिसम्मको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४९ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक (रेगुलर)जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावधिक बीमालेखमा० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३९ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४६ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २७ रुपैयाँ, २० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार २८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सिटिजन बाल भविष्य योजना सावधिक बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि ४४ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनश दर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख(सिटिजन सारथी जीवन बीमा योजना)मा ० देखि ९ वर्षको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्षको लागि ३८ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ५७ रुपैयाँ बोनश दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

मेट लाइफ
कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनत्तम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनश दर कायम गरेको छ । सावधिक जीवन बीमालेख (इन्डवमेन्ट प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनश दर कायम गरेकोे छ ।

शिक्षा संरक्षण जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनश दर कायम गरेकोे छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँ बोनश दर कायम गरेको छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ। रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।

रिलायबल लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) मा कम्पनीको सबै बीमा अवधिहरुको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ

रिलायबल सुलभ जीवन बीमालेख शुलभ बाल जीवन बीमा प्लस योजनामा पाँचदेखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ कायम भएको छ ।

रिलायबल उच्च शिक्षा योजना(बालबच्चाको सावाधिक बीमालेख)मा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ ।

सावाधिक तथा आजीवन बीमा योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति शजार ५० रुपैयाँ कायम गरेको छ ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रति हजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स
कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। सावधिक, बाल सावाधिक तथा सामूहिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५२ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिका लागि ६७ रुपैयाँ र ३० वा सोेभन्दा बढी अवधिका लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ।

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका अवधिका लागि ६५ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावाधिक जीवनबीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

बाल अग्रिम भुक्तानी सावाधिकको १० देखि १४ वर्ष अवधिमा ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा ५० रुपैयाँ, २५ देखि २९ वर्ष अवधिमा ६५ रुपैयाँ बोनसदर दिने भएको छ।

त्यसैगरी बाल वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख९बाल किरण० मा १० देखि १४ वर्ष अवधिमा ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा ४४ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिमा ६० रुपैयाँ बोनसदर दिने भएको छ।

त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक ९धन सरिता० जीवन बीमालेखको सबै अवधिमा एउटै बोनसदर कायम गरेको छ। जुन बीमालेख खरिद गर्ने बीमितले २२ रुपैयाँ बोनस पाउनेछन्।

एशियन लाइफ इन्स्योरेन्स
कम्पनीले न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६१ रुपैयाँ निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ कायम गरेको छ ।

बालबालिकाको सावधिक जीवन बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४४ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सावाधिक जीवन बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष अवधिको लागि ५० रुपैयाँ, १२ वर्ष अवधिको लागि पनि प्रति हजार ६० रुपैयाँ, १५ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, १८ वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ भने २५ वर्ष अवधिको लागि कम्पनीले प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

सामुहिक सावाधिक,नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस,एशियन वार्षिक धनलाभ, बालउच्च शिक्षा भविष्य निधी(प्लान६,१८,२१,२५,२७) यस बीमालेखको हकमा कम्पनीले १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सन नेपाल लाइफ
सन नेपाल लाइफले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर दिने भएको छ । सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ५० रुपैयाँ,२५ वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ५० रुपैयाँ कायम भएको छ ।

भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक) मा ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि पनि५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) मा १० देखि १४ वर्ष, १५ देखि १९ वर्षका लागि प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ।

सुनौलो सावधिक जीवन बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ बोनसदर कायम गरेको छ। नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन) मा ९ वर्ष अवधि, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन योजनको सबै बीमा अवधि (१५) मा प्रतिहजार ४२ रुपैयाँ बोनसदर कायम गरेको छ। सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) मा कम्पनीले १४ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार २७ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिका लागि २७ रुपैयाँ बोनसदर कायम गरेको छ।

धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमामा १ देखि ९ वर्ष, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २७ रुपैयाँ बोनसदर कायम गरेको छ ।

एलआइसी नेपाल
एलआइसी नेपाल लाइफले  सावाधिक ३३३, जीवन बीधा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजनामा ५ देखि ९ वर्षका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि प्रतिहजार ५५ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

जीवन आन्नद (३४२) योजनमा ५ देखि ९ वर्षका लागि ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

बाल सावाधिक(३४९) बीमा योजनामा १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

धन वृष्टि (३५८) योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५७ रुपैयाँ बोनस दिने भएको छ।
धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३) बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ।

बाल ममता (३४०) र बाल स्नेह (३४१) योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मका लागि प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ। जीवन तरंग (३४५) योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ र २० वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। न्यु जीवन तरंग (३६०) योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २० वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।

त्यस्तै, जीवन बचत (३५९) योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४९ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६१ रुपैयाँ बोनदर दिने छ। जीवन लाभ (३६१) योजनामा १० वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, १५ वर्षका लागि ५२ रुपैयाँ, २० वर्षका लागि ५३ रुपैयाँ र २५ वर्षका लागि ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। लघु सावाधिक(३५४) योजनामा कम्पनीले सबै अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी
यस कम्पनीले न्यूनतम २० रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । सावाधिकः सूर्यज्योति सुरक्षित बचत जीवन बीमा योजना–०१, सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना–०५, सूर्यज्योति एकल तथा सीमित अवधि भुक्तानी (विकल्प १) योजना–०६ र सूर्यज्योति एकल तथा सीमित अवधि भुक्तानी (विकल्प २) योजना–०७ बीमालेखमा ० देखि ९ वर्षका लागि प्रतिहजार ४३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ७५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

सावधिकः सूर्यज्योति संरक्षित सावधिक जीवन बीमा योजना–५१, सूर्यज्योति सीमित अवधि भुक्तानी जीवन बीमा योजना–५३, सूर्यज्योति संरक्षित बाल जीवन बीमा योजना–७१, सूर्यज्योति सामूहिक सावधिक जीवन बीमा योजना–९१, सूर्यज्योति सावधिक जीवन बीमा योजना–१५१ र सूर्यज्योति सावधिक लघु जीवन बीमालेख–१८१ मा ० देखि ९ वर्षका लागि प्रतिहजार ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५४ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

सावधिक तथा आजीवनः सूर्यज्योति सुरक्षित भविष्य जीवन बीमा योजना–०३ मा ० देखि ९ वर्ष अवधिका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ र ३० देखि माथिका लागि ७५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

सावधिक तथा आजीवनः सूर्यज्योति सुदर्शन सावधिक तथा आजीवन बीमा–५२ योजनामा कम्पनीले ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २० वर्षदेखि २४ वर्षका लागि ५६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दिने भएको छ।

अग्रिम भुक्तानी सावधिकः सूर्यज्योति धन लाभ जीवन बीमा योजना–०२ र सूर्यज्योति थ्री ट्वेन्टी धन बहार जीवन बीमा योजना–०९ योजनामा कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षका लागि ४५ रुपैयाँ र २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनसदर घोषणा गरेको छ।

अग्रिम भुक्तानी सावधिकः सूर्यज्योति आसाधन अग्रिम भुक्तानी जीवन बीमा योजना–६१र६२, सूर्यज्योति धनवृद्धि जीवन बीमा योजना (अग्रिम भुक्तानी)–६३र६४र६५, सूर्यज्योति सजिलो (वार्षिक) भुक्तानी जीवन बीमा योजना–३६ र सूर्यज्योति अग्रिम भुक्तानी बाल जीवन बीमा योजना–७३ योजनामा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका लागि ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ।

चौरासी पूजा अग्रिम भुक्तानी (नियमित) सूर्यज्योति चौरासी पूजा जीवन बीमा योजना–८४ योजनामा १० वर्षदेखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षका लागि ५० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि प्रतिहजार ६५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।

चौरासी पूजा अग्रिम भुक्तानी (एकल) सूर्यज्योति चौरासी पूजा जीवन बीमा योजना–८४ योजनामा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षका लागि ८० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि ८५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ९० रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि ९० रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।

इजी पे अग्रिम भुक्तानीः सूर्यज्योति इजी पे जीवन बीमा योजना–५१ योजनामा कम्पनीले १० देखि १४ वर्षका लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २५ रुपैयाँ र २० देखि २४ वर्षका लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि उक्त बोनश दर कायम हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS