IME Life
Beema Board

महाशिवरात्रिको अवसरमा बन्दीपुर केवलकारले भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । फागुन २५ गते महाशिवरात्रिको पावन अवसरमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त दिनमा भजन सहित शिव धुनी कार्यक्रम पनि हुने हुँदा भक्तहरू र स्थानीयहरूलाई उक्त कार्यक्रमको उत्सवमा सामेल हुँदै महाशिवरात्रिले ल्याउने दिव्य ऊर्जामा सहभागी हुन र अभिषेक समारोहको साक्षी हुन कम्पनीले सबैलाई आग्रह गरेको छ ।

यो धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई नै एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम पनि रहेको हुँदा यस कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने अपेक्षा समेत कम्पनीले गरेको छ ।

Prabhu
Crest

कम्पनीले जारी पुँजी रु। २ अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम रु। ३० करोड ६० लाख बराबरको रु १०० अङ्कित दरमा ३० लाख ६० हजार कित्ता शेयर मध्य २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइ बाँकी रहने शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ विक्री गर्ने कम्पनीका सचिवले बताए । साथै बन्दीपुर केवलकार २०८१ वैशाख १ गते देखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको समेत जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS