IME Life

नेपाली बीमा अभिकर्ताको कमिशन दर दक्षिण एशियामै न्यून, भारतमा ५० प्रतिशतसम्म

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा जीवन बीमा अभिकर्ताले प्राप्त गर्ने प्रत्यक्ष कमिशन दर दक्षिण एशियामै सर्वाधिक न्यून छ। दक्षिण एशियाको बंगलादेश, भारत, श्रीलंकामा जीवन बीमा अभिकर्ताले प्राप्त गर्ने कमिशन दर नेपाली अभिकर्ताको भन्दा डेढ गुणादेखि दुई गुणासम्म बढी छ।

नेपालमा पहिलो वर्षको अधिकत्तम कमिशन दर २५ प्रतिशत छ। भारतमा पहिलो वर्षको कमिशन दर ३५ देखि ५० प्रतिशत सम्म रहेको छ। यसैगरी बंगलादेशमा पनि पहिलो वर्षको कमिशन दर ३५ प्रतिशत कायम छ। श्रीलंकाको जीवन बीमा क्षेत्रमा अभिकर्ताले प्राप्त गर्ने पहिलो वर्षको न्यूनत्तम कमिशन दर ३० प्रतिशत रहेको छ।

Prabhu
Crest

म्यादी जीवन बीमालेखको बिक्रीलाई विशेष महत्व दिइएको भारतीय बजारमा बीमा अभिकर्ताले म्यादी जीवन बीमालेखको बिक्रीबाट बीमाशुल्क रकमको ४० देखि ५० प्रतिशतसम्म कमिशन उपभोग गरिरहेका छन् । भारतमा सावधिक प्रकृतिका एकल बीमाशुल्क बीमालेखको बिक्रीवापतको कमिशन सबैभन्दा न्यून २ प्रतिशत मात्र छ। भारतीय नियामकले एकल बीमाशुल्क लिएर जारी गरिने बीमालेखमा समर्पण मूल्य भुक्तानीको अवस्थामा बीमकलाई घाटा लाग्ने अवस्था देखेर बीमाशुल्कको २ प्रतिशतका दरले मात्र कमिशन दर निर्धारण गरेको छ। म्यादी बाहेक सबै प्रकारका जीवन बीमालेखको बिक्रीमा ५ देखि ११ वर्षे अवधिको बीमालेखको हकमा ३० प्रतिशत र त्योभन्दा बढी अवधिको बीमालेखको हकमा ३५ प्रतिशत कमिशन दर निर्धारण गरिएको छ।

यसैगरी दक्षिण एशियामै सर्वाधिक संख्यामा बीमा कम्पनी सञ्चालनमा रहेको बंगलादेशमा पहिलो वर्षको अभिकर्ता कमिशन दर ३५ प्रतिशत, दोश्रो वर्ष १० प्रतिशत र तेश्रो वर्षदेखि १० औं वर्षसम्म ५ प्रतिशत कायम गरिएको छ। ब‌ंगलादेशमा सबै प्रकारका बीमालेखका लागि समान कमिशन दर निर्धारण गरिएको छ। बीमालेखको अवधि र प्रकृतिको आधारमा अभिकर्ता कमिशन दर निर्धारण गरिएको छैन । सर्वाधिक संख्यामा बीमा कम्पनी सञ्चालनमा रहे पनि बंगलादेश दक्षिण एशियामै कमजोर बीमा पहुँच भएको देश हो । यसबाहेक बंगलादेशको बीमा उद्योग लामो समयदेखि बेथितिको अवस्थामा छ। त्यहाँका बीमितले अधिकांश कम्पनीबाट बीमा दाबीवापतको रकम लामो समयदेखि भुक्तानी पाउन सकेका छैनन् ।

अर्को दक्षिण एशियाली मुलुक श्रीलंकामा पहिलो वर्षको कमिशन दर ३० प्रतिशत दोश्रो वर्ष २० प्रतिशत तेश्रो वर्ष १५ प्रतिशत चौथो वर्ष १० प्रतिशत र पाँचौ‌ंदेखि दशौ‌ं वर्षसम्म ५ प्रतिशतका दरले अभिकर्ता कमिशन वितरणको प्रावधान छ। ब‌ंगलादेशमा जस्तै श्रीलंकामा पनि बीमा नियामकले बीमा अवधि र बीमालेखको प्रकृतिका आधारमा कमिशन दर निर्धारण गरेको छैन।

नेपालमा कति पाउँछन् अभिकर्ताले कमिशनः

म्यादी जीवन बीमालेख बिक्रीवापत पहिलो वर्ष १० प्रतिशत र त्यसपछिको थप ५ वर्षसम्म ५ प्रतिशतका दरले जीवन बीमा अभिकर्ताले कमिशन प्राप्त गर्छन् । यसैगरी एकल बीमाशुल्क भुक्तानीमा जारी गरिने बीमालेख बिक्री गराएवापत अभिकर्ताले एक पटकको लागि ६ प्रतिशत कमिशन प्राप्त गर्छन् । अन्य प्रकृति अर्थात् सावधिक प्रकृतिमा जीवन बीमालेखहरुमा ५ देखि ९ वर्ष अवधिको बीमालेखमा पहिलो वर्ष १० प्रतिशत १० देखि १४ वर्षे अवधिको बीमालेखमा १५ प्रतिशत १५ देखि माथिको अवधिको बीमालेखमा २५ प्रतिशत अभिकर्ता कमिशनको प्रावधान रहेको छ।

यसबाहेक ७ वर्षे अवधि सम्मको जीवन बीमामा नविकरण बीमाशुल्कवापत बीमा अवधिसम्म प्रत्येक वर्ष थप ५ प्रतिशत कमिशन दिइन्छ। यसैगरी ८ र ९ वर्षे अवधिको बीमामा दोश्रो वर्ष १० प्रतिशत र बाँकी अवधिमा ५ ५ प्रतिशतका दरले कमिशन रकम उपलब्ध गराइन्छ । यसबाहेक १० देखि १९ वर्षे अवधिको जीवन बीमामा दोश्रो वर्ष १५ प्रतिशत कमिशनको प्रावधान छ । त्यसपछिका वर्षहरुमा बीमा अवधि वा १० वर्ष मध्ये जुन कम हुन्छ त्यो अवधिसम्मका लागि वार्षिक ५ -५ प्रतिशतका दरले कमिशन रकम उपलब्ध गराइन्छ। बीमितले बीमाशुल्क भुक्तानी गरेर बीमाले नविकरण गरेको अवस्थामा मात्र अभिकर्ताले दोश्रो वर्षदेखिको कमिशन प्राप्त गर्न योग्य हुन्छन् , बीमितले बीमालेख नविकरण नगरेको अवस्थामा अभिकर्ताहरु दोश्रो वर्षदेखि कमिशनबाट वञ्चित हुनुपर्छ।

बीमालेख बिक्रीवापत अभिकर्ताले प्रत्यक्ष प्राप्त गर्ने कमिशन बाहेक व्यवसाय प्रवर्द्धनका लागि थप १८ प्रतिशतसम्म कमिशन वितरण गर्न सक्ने अधिकार नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई दिएको छ। यस अन्तर्गत अभिकर्ताले आर्जन गर्ने प्रथम् बीमाशुल्कको आधारमा नियमित कमिशन बाहेक थप १८ प्रतिशतसम्म कमिशन जीवन बीमकले वितरण गर्दै आएका छन् । यस्तो कमिशनवापत नगदै दिने वा जिन्सी सामाग्री दिने प्रचलन रहेको छ।

आयकर ऐनको प्रावधान अन्तर्गत अभिकर्ताले प्राप्त गर्ने कमिशनवापतको रकममा सरकारलाई लाभ कर तिर्नुपर्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS