IME Life
Beema Board

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ।

बैंकले फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँबराबरको ‘एनआईएमबी डिबेञ्चर–२०९०’ नामक ऋणपत्र खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

Prabhu
Crest

बैंकले १ हजार अंकित दरका कुल ४० लाख ४० हजार इकाइ ऋणपत्र निष्कासन गरेको छ। कुल इकाइमध्ये ६० प्रतिशतले हुने २४ लाख २४ हजार इकाइ ऋणपत्र व्यक्तिगत तबरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशतले हुने १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। सर्वसाधारणमा जारी ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने ८० हजार ८०० इकाइ ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS