IME Life
Beema Board

पावरफुल क्रुजर इलेक्ट्रिक बाइक लन्चः सिंगल चार्जमा २२० किमीको रेन्ज, ८ वर्षको वारेन्टी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विद्युतीय सवारीसाधनको मागसँगै नयाँ मोडलको संख्या पनि लगातार बढिरहेको छ। भारतको अग्रणी विद्युतीय सवारी उत्पादक कम्पनी एमएक्समोटोले अब आफ्नो नयाँ क्रुजर इलेक्ट्रिक मोटरसाइकल एम१६ बजारमा ल्याएको छ।

आकर्षक लुक्स र शक्तिशाली ब्याट्री प्याकले सुसज्जित यस बाइकको प्रारम्भिक मूल्य भारु १ लाख ९८ हजार (एक्स शोरुम) तोकिएको छ। कम्पनीले यो बाइकसँग ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी पनि दिएको छ। जसमा विद्युतीय मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी रहेको छ।

Prabhu
Crest

यो बाइकको बलियो मेटल बडी जुनसुकै अवस्थामा सडकमा राम्रो प्रदर्शन गर्नका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ। यसमा एलईडी लाइटिङ र सिंगल पिस सिटसहित गोल आकारको हेडल्याम्पहरु छन्। एम आकारको ह्यान्डलबार र आरामदायी सवारीको स्थितिले यस बाइकलाई राम्रो क्रुजर बनाउन मद्दत गर्छ। दृश्यात्मक रूपमा यो बाइकले अन्य धेरै आईसीई क्रुजर बाइकको झल्को दिलाउँछ।

ब्याट्री र इलेक्ट्रिक मोटरको कम्पार्टमेन्ट इन्धन ट्यांकीको मुनि दिइएको छ। जसमा ठूला अक्षरमा ‘एम१६’ लेखिएको छ। यसलाई सिल्भर ब्याकग्राउन्ड भएको इन्जिनको अनुभूति दिने प्रयास गरिएको छ। बाइकको बीचको भाग पूरै ढाकिएको छ र पिलियन राइडर्सका लागि उच्च ब्याकरेस्ट पनि छ। एमएक्समोटोका प्रबन्ध निर्देशक राजेन्द्र मल्होत्राले भने, ‘हाम्रो नयाँ एम१६ मोडलको साथ हामीले प्रदर्शन गर्ने विद्युतीय बाइकको संसारमा आफूलाई लिडरका रुपमा स्थापित गर्ने लक्ष्य राखेका छौँ।’

यो इलेक्ट्रिक बाइकमा ४ हजार वाटको बीएलडीसी हब मोटर छ। जसले १४०एनएम टर्क जेनेरेट गर्छ। यसमा ८० एएमपीको उच्च दक्षता नियन्त्रक पनि छ। जसले रिजेनरेटिङ ब्रेकिङ प्रणालीका साथमा १६ प्रतिशत पावर आउटपुट बढाउँछ। यो बाइकले एकैपटक चार्जमा १६० देखि २२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ। यसको ब्याट्रीले पूर्ण चार्ज गर्दा १.६ युनिट बिजुलीमात्र खपत गर्छ। यसको ब्याट्री फुल चार्ज हुन ३ घन्टामात्रै लाग्छ।

कम्पनीले यो बाइकमा १७ इन्चको ह्विल दिएको छ। यसबाहेक कम्पनीले यसमा एडजस्टेबल रेसिङ मोटरसाइकल टाइपको सेन्ट्रल शक अब्जर्भर पनि दिएको छ। ट्रिपल डिस्क ब्रेक प्रणालीले सुसज्जित यस बाइकमा अल्ट्रा सोनिक कन्टिन्युअस वेल्डिङ टेक्नोलोजीमा एलईडी दिशा सूचकहरु छन्। यसमा स्मार्टफोन कनेक्टिभिटी सुविधा पनि दिइएको छ। यसका अलावा क्रुज कन्ट्रोल, रिभर्स असिस्ट, एन्टी स्किड असिस्ट, पार्किङ असिस्ट, अन–बोर्ड नेभिगेसन, अन–राइड कलिङ, ब्लुटुथ कनेक्टिभिटी र साउन्ड सिस्टमजस्ता सुविधा उपलब्ध छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS