IME Life
Beema Board

माछापुच्छ्रे बैंकद्वारा कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकले मंगलबार क्याम्पसलाई ४ थान प्रोजेक्टर वितरण गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले उक्त प्रोजेक्टर क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुको पढाइ र सिकाई क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो ।

बैंकले बैंकिङ्ग सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको उल्लेख गरेको छ ।

हालसम्म बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS