IME Life
Beema Board

हिमालयन लघुवित्तद्वारा २.५ लाख ऋण मिनाहा, बीमा दाबी रकम भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सुम्नाबेशी,सिन्धुलीले बीमा दावी रकम भुक्तानी गरेको छ । रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं.७, बृता निवासी सदस्य जमुना श्रेष्ठको मृत्यू पश्चात निज सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको छ ।

सदस्य जमुना श्रेष्ठले संस्थाबाट २ लाख ५० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ७५ हजार १ सय समेत फिर्ता गरी जम्मा रकम १ लाख १ सय रुपैयाँ निज सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक सरोज श्रेष्ठले बताए ।

Prabhu
Crest

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS