IME Life
Beema Board

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १६४%ले बढ्यो, अधिकांश सूचकमा आकर्षक प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा राम्रो ग्रोथ देखिएको छ ।

२ अर्ब ८० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ३६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११७ दशमलव ३४ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा १७ करोड ५९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा ७६ करोड ८८ लाख ४८ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १ अर्ब ५० करोड ७७ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८० करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८६ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७१ करोड ५२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ९६ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ७९ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १६४ प्रतिशतले बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले १ करोड ३९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९९ करोड ३७ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २ सय ६४ रुपैयाँ ३६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS