IME Life
Beema Board

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कटुवाललाई पशु बीमा दावी वापत २१ लाख हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । उदयपुरमा एक कृषकले बीमा दावी बापत २१ लाख बढी रकम प्राप्त गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ५ का बाख्रा पालक स्थानीय मानवबहादुर कटुवाललाई पशु बीमा दावी अन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाबाट २१ लाख ११ हजार तीन सय ५० रुपैयाँ उपलब्ध गराइएको हो ।

पाँच वर्ष यता निरन्तर बाख्रा पालन व्यवसाय गर्दै आएका ‘रौता राकुली कृषि तथा पशुपन्छी फर्म’का संचालक मानबहादुरको बाख्रा खोरमा आगलागी हुँदा ९६ वटा बोका र पाठी मरेका थिए । रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार २०७९ फागुन २६ गते राती साढे २ः०० बजे विद्युत सर्ट भई बाख्राको दुई वटा खोरसमेत जलेर पूर्ण रुपमा खरानी भएको थियो ।

Prabhu
Crest

वडाले २०७९ चैत ३ गते घटनास्थलको स्थलगत मुचुल्कासहित सिफारिस गरेको थियो । कम्पनीको तर्फबाट पूरा गर्नुपर्ने कागजी प्रक्रियाहरु सकिएपछि दाबी बराबरकै रकम हस्तान्तरण गरिएको गाईघाट शाखा प्रमुख डिबी कटुवालले जानकारी दिए । १२ लाख ६१ हजार तीन सय ५० रुपैयाँ बोका र पाठीबापत र जलेको दुई वटा गोठबापत आठ लाख ५० हजार गरी एकमुष्ठ दुई चेकबापट सो रकम भुक्तान गरिएको हो ।

कृषक मानबहादुरले व्यवसायिक रुपमै पाल्दै आएको जमुनपारी क्रस पाठी र बोयर क्रस बोका गोठसहित स्वहा भएपछि बीउ पुँजीबिहीन अवस्थामा पुगेका थिए । समयमै वीमा गर्नाले ‘सत्यको धन फर्किएको’ उनले प्रतिक्रिया दिए ।

रौतामाई ५ नम्बर वडाकार्यालयको सभाहलमा एक कार्यक्रमसहित रौतामाई गापा प्रमुख वीरेन्द्रकुमार मगरले पीडितलाई चेक हस्तान्तरण गरेका थिए । बीमाप्रति कृषकलाई उत्प्रेरणा जगाउन सचेतनामूलक अन्तरक्रिया समेत रहेको कार्यक्रममा रौतामाई ५ का वडाध्यक्ष पाण्डव राई, ६ नम्बरका वडाध्यक्ष पृथ्वीकुमार राई, पालिकाका कृषि पशुशाखा प्रमुख चुडाराज थापालगायतको उपस्थिती थियो ।

सो क्रममा बोल्दै पालिका प्रमुख मगरले कृषि व्यवसायमा भइपरी आउने जोखिम बहन र सुरक्षित लगानीका लागि पछिल्लो समय बीमा कार्यक्रम अत्यावश्यक बन्दै गएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS