IME Life
Beema Board

छोरीको विवाहमा क्षेत्रीका दम्पत्तीले दिए २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय विवाह तथा सुभ कार्यमा दाइजोका रुपमा विभिन्न जिन्सी सामान उपलब्ध गराउने प्रचलन रहँदै गर्दा ढोरपाटन नगरपालिका २ सेराका अमर बहादुर क्षेत्री (ओम) र उनकी श्रीमती सुनमाया क्षेत्रीले आफ्नो छोरीको विवाहमा २० लाख रुपैयाँ बीमाङको सिटिजन शुभारम्भ बीमा योजना उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।

मंगलबार विवाह मण्डपमा छोरी सरिना र ज्वाइँ प्रकाशलाई बीमा पोलिसी उपलब्ध गराउँदै आगामी दिनको भविष्य उज्जल बनाउन र बचत गर्ने बानीको विकास गराउने उद्देश्य सहित बीमा पोलिसी हस्तान्तरण गरिएको अमर बहादुर क्षेत्रीले बताए ।

Prabhu
Crest

सिटिजन लाइफ इन्स्योरेन्समा विगत ६ वर्षदेखि एजेन्सी म्यानेजर समेत रहेका क्षेत्रीले बीमाले बचत गर्ने बानीको विकास हुने तथा भविष्यमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै आफूहरूले अन्य जिन्सी सामानलाई कम गर्दे बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धवलागिरी एरिया क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्साल, बुर्तिबाङ शाखा प्रबन्धक छविलाल पाण्डे, एजेन्सी म्यानेजर, एजेन्सीको समेत उपस्थिति रहेको थियो ।

विवाह समारोहमा उपस्थित आफन्त, जन्तीपक्षले नौलो कामको प्रशंसा गर्दै आफूहरू पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो शुभ कार्यको थालनी गर्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS