IME Life

आइपीओ निष्काशन मुख्य एजेण्डा सहित गार्डियन माइक्रो लाइफले डाक्यो एजिएम, यस्ता छन् अन्य १० एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो पहिलो वार्षिक साधारण सभा फागुन ६ गते आयोजना गर्ने भएको छ । उक्त सभा होटल एअरपोर्ट विराटनगरमा दिउँसो १ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको माघ १४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले कम्पनीको साधारण शेयर(आइपीओ )सर्वसाधारणलाई जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । सभाले साधारण शेयर जारी पश्चात् प्राप्त पूँजी कहाँ उपयोग गर्ने प्रस्वात अनुमोदन गर्ने जनाएको छ । साथै, कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९ /८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९ /८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९ /२०८० को लागि संचालक समितिबाट नियुक्त बाह्य लेखापरीक्षको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लागि बाहय लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभाले सञ्चालक समितिको गठन निर्वाचन गर्ने, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति, सञ्चालकहरुको बैठक भत्ता तथा अन्य सेवा सुविधा लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%

खुसी

0%

दु :खी

0%

अचम्मित

78%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS