IME Life
Beema Board

नेप्सेमा ३१ अंकको गिरावट हुँदा २०९ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ४९ अंकले घटेर २,०९८ को विन्दुमा कायम भएको छ । आज ३६ कम्पनीको मुल्य बढेको छ भने २०९ कम्पनीको मुल्य घटेको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक घटेको छ । यस उपसूचक २ दशलमव २४ प्रतिशत घटेको हो ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज ङादी ग्रुप पावर कम्पनीको ३१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज अपी पावर कम्पनीको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर साङ्गे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानकिर्ताले ६ दशलमव ६९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दोर्दी खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ३३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS