IME Life

बीमा कम्पनीहरुको पोलिसी सरेण्डर ३६% ले बढ्यो, नेपाल लाइफको सर्वाधिक, कुनका बीमितले कति त्यागे?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनामा ९ हजार बढीले बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार मंसिर महिनामा मात्रै ९ हजार ७४४ जनाले १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् ।

गत कार्तिक महिनामा ६ हजार ९१ जनाले ७९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका थिए । गत कार्तिक महिनाको तुलनामा मंसिर महिनामा कम्पनीहरुको पोलिसी सरेण्डर बृद्धि भएको छ । गत कार्तिक महिनाको तुलनामा बीमा सरेण्डर संख्या ५९ दशमलव ९७ प्रतिशतले बृद्धि भएको हो भने बीमा सरेण्डर रकम ३६ दशमलव ७५ प्रतिशतले बढी हो । बीमा पोलिसी सरेण्डर बृद्धि हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो ।

Prabhu
Crest

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये मंसिर महिनामा नेपाल लाइफको सरेण्डर सर्वाधिक देखिएको छ । गत कार्तिक महिनामा १७ सय ७७ जनाले २६ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेण्डर गरेकोमा मंसिर महिनामा बृद्धि भई २४ सय २५ जनाले ३६ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको मंसिर महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको १५ सय ८५ जना बीमितहरुले १२ करोड ५ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । नेशनल लाइफको ४२२ जना बीमितहरुले ६ करोड ८२ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यस्तै, एलआइसी नेपालका १९ सय ४७ जना बीमितहरुले २२ करोड ८ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका ३२६ जना बीमितहरुले ३ करोड ८० लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका १ हजार ९९ जना बीमितहरुले ८ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । आइएमई लाइफका ११२ जना बीमितहरुले १ करोड १४ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफका ७२ जना बीमितहरुले ६५ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन । रिलायबल नेपाल लाइफका ११८ जना बीमितले ६६ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका १४६ जना बीमितहरुले ९२ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन्। सूर्यज्योति लाइफका ४७४ जना बीमितहरुले ६ करोड रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

सानिमा रिलायन्स लाइफका १६० जना बीमितहरुले २ करोड रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ७१८ जना बीमितहरुले ५ करोड ८७ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका १४० जना बीमितहरुले १ करोड ५९ लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS