IME Life
Beema Board

विदेशी लगानी भएका स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकलाई दाँजेर हेर्दा (इन्फोग्राफिकसहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंक विदेशी लगानी भएका नेपाली वाणिज्य बैंक हुन्।  दुई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :

चुक्तापुँजी : स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्तापुँजी ९ अर्ब ४२ करोड रहेको छ भने एभरेष्ट बैंकको चुक्तापुँजी ११ अर्ब ७६ करोड रहेको छ ।

Prabhu
Crest

जगेडा कोष : स्ट्याण्डर्ड चार्टर्ड बैंकको जगेडा कोषमा ८ अर्ब ८२ करोड रहेको छ भने एभरेष्ट बैंकको जगेडा कोषमा ११ अर्ब ४२ करोड रहेको छ ।

रिटेन्ड अर्निङ : स्ट्याण्डर्ड चार्टर्ड बैंकको रिटेन्ड अर्निङमा १ अर्ब १३ करोड रहेको छ भने एभरेष्ट बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ४० करोड रहेको छ ।

निक्षेप र कर्जा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरणका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ खर्ब १५ अर्ब निक्षेप संकलन गरी ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ भने एभरेष्ट बैंकले २ खर्ब १३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानी : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६३ करोड खुद ब्याज आम्दानी गरेकोमा एभरेष्ट बैंकले ३ अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेको छ ।

सञ्चालन : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४७ करोड सञ्चालन नाफा गरेकोमा एभरेष्ट बैंकले २ अर्ब ४४ करोड सञ्चालन नाफा गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरणका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७२ करोड खुद नाफा गरेकोमा एभरेष्ट बैंकले १ अर्ब ७१ करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : स्ट्याण्डर्ड चार्टर्ड बैंकको किताबी मूल्य २०५.५८ रुपैयाँ छ भने एभरेष्ट बैंकको किताबी मूल्य २१९.५७ रुपैयाँ छ ।

वार्षिक प्रतिशेयर आम्दानी : वित्तीय विवरणको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३६.६२ रुपैयाँ छ भने एभरेष्ट बैंकको वार्षिक प्रतिशेयर आम्दानी २९.१२ रुपैयाँ छ ।

खराब कर्जा: स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.६० प्रतिशत हुँदा एभरेष्ट बैंकको खराब कर्जा ०.७७ प्रतिशत छ।

नोट : उपलब्ध तथ्यांकका आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS