IME Life
Beema Board

शेयर बजारमा २५ अंकको गिरावट, १७७ कम्पनीको मुल्य घट्दा साढे ७ अर्बबढीको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ६३ अंकले घटेर २,१३० दशमलव १८ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर र अन्य बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ९१लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अपि पावर कम्पनीको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । मिड सोलुका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ दशलमव २७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS