IME Life
Beema Board

नबिल स्टक डिलरको बढ्यो नाफा, रिजर्भमा छलाङ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा नबिल स्टक डिलरले ६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ११.५१ प्रतिशतले बढेको छ।

Prabhu
Crest

दोस्रो त्रैमासमा कम्पनीले सेवा प्रवाहबाट ९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३.२१ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले ९ लाख ६३ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ।

चुक्तापुँजी १ अर्ब ५२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ र रिटेन्ड अर्निङ १११.५२ प्रतिशतले बढेर १२ करोड ६६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भ र रिटेन्ड अर्निङमा ५ करोड ९८ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ८.७८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ३.९४ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०८.३३ रुपैयाँ रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS