IME Life
Beema Board

दोस्रो त्रैमासमा मिर्मिरे लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । यस लघुवित्त दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन पहिलो कम्पनी भएको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघवित्तको नाफा ४१ दशमलव ४८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५ दशमलव ८४ प्रतिशतले घटेको छ । यस अवधिमा लघुवित्तले १७ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ११ दशमलव ५१ प्रतिशतले घटेको छ। यस अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा २१ दशमलव ९५ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा ४१ दशमलव ४८ प्रतिशतले घटेको छ।

पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ। ६६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा लघुवित्तको निक्षेप तथा सापटी ० दशमलव ४० प्रतिशतले घटेको छ । कर्जा लगानी ३ दशमलव ३२ प्रतिशतले घटेको छ। यस अवधिमा लघुवित्तको निक्षेप तथा सापटी ७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६१।०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS