IME Life
Beema Board

नेप्सेमा ५४ अंकको बृद्धि हुँदा कारोबार रकम ८ अर्ब नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ५४ अंकले बढेर २,१७५ दशमलव १७ को विन्दुमा कायम भएको छ । आज २०९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३६ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा ३०४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, निफ्राको २३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज बुटबल पावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन र नेपाल वेयरहाउजीङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, पाँच कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै ज्योति विकास बैंक वण्डका इकाईधनीले गुमाएका छन् । आज यस वण्डका इकाइधनीले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS