IME Life
Beema Board

घलेम्दी हाइड्रोका ३२.१७ लाख बढी कित्ता शेयर माघ ९ गतेबाट बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । घलेम्दी हाइड्रोको ३२ लाख १७ हजार बढी कित्ता शेयर माघ ९ गतेबाट बिक्रीमा राखिएको छ।

कम्पनीकाले ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिन लागेको हो। कम्पनीले हालै १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री हुन बाँकी रहेको सर्वसाधारण समूहको शेयर बिक्रीमा राखिने भएको हो।

Prabhu
Crest

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो शेयरमा जोकोही व्यक्ति तथा संघ वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा कुनै हद नलाग्ने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।

लिलामीमा राखिने शेयरमा माघ २३ गतेसम्म बोलपत्र पेस गर्न सकिने समय तोकिएको छ। बोलपत्र मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा (चिप्लेढुंगा), बागलुङ, बेनी, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर तथा काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS