IME Life
Beema Board

नेप्सेको साधारणसभाबाट ६४% नगद लाभांश पारित, वार्षिकोत्सवमा नेप्सेका जगदीश रिजाललाई दीर्घ सेवा पदक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ४२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०को लाभांश अनुमोदन गरेको छ।

नेप्सेको आज सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ६४ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो। जसअनुसार शेयरधनीहरुलाई कुल ६४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत भएको छ।

Prabhu
Crest

सभाले नेप्सेको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ।

यसैगरी आजै सम्पन्न नेप्सेको ३१ औँ वार्षिकोत्सव कार्यक्रममा नेप्सेका वरिष्ठ अधिकृत जगदीश रिजाललाई दीर्घ सेवा पदक तथा कदरपत्र प्रदान गरिएको छ।

नेप्सेले ‘नेपाल सुदृढ पुँजीबजारका लागि लगानीकर्ता साक्षरता’ शीर्षकमा सञ्चालन गरेको निबन्ध प्रतियोगिताका विजयीलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको छ। प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका सम्भव लाखे प्रथम भई ७५ हजार रुपैयाँ, सरस्वती बहुमुखी क्याम्पसका गोविन्दकुमार सिंह द्वितीय भई ५० हजार रुपैयाँ र त्रिवि केन्द्रीय व्यवस्थापन विभागका प्रविना सञ्जेल तृतीय भई २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS