IME Life

जीवन बीमा कम्पनीहरुले संकलन गरे १ अर्ब २० करोड वैदेशिक रोजगार बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को मंसिर महिनासम्ममा बैदेशिक रोजगार बीमालेख मार्फत जीवन बीमा कम्पनीहरुले १ अर्ब २० करोडमाथि कुल बीमा शुल्क संकलन गरेका छन् । १० कम्पनीहरुले बैदेशिक रोजगार बीमालेख मार्फत १८ लाख ६६ हजार ७१८ वटा बीमा पोलिसी विक्री गरी १ अर्ब २० करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

मंसिर एक महिनामा यी कम्पनीहरुले ७३ हजार ३८५ वटा बीमा पोलिसी विक्री गरी ३१ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

Prabhu
Crest

मंसिर महिनासम्ममा वैदेशिक रोजगारी बीमालेख मार्फत नेशनल लाइफले ५६ हजार ५३१ वटा बीमालेख बिक्री गरी १० करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफले ३ लाख ३८ हजार ६४७ वटा बीमालेख बिक्री गरी २७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, एशियन लाइफले २९ हजार ७०४ वटा बीमालेख बिक्री गरी ९ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आइएमई लाइफले १ लाख ४४ हजार २ वटा बीमालेख बिक्री गरी १४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ७ लाख ४९ हजार ४३९ वटा बीमालेख बिक्री गरी ३० करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी रिलायबल नेपाल लाइफले ५७ हजार ९११ वटा बीमालेख बिक्री गरी ७ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १ लाख २३ हजार १७९ वटा बीमालेख बिक्री गरी ५ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले ५ हजार २६५ वटा बीमालेख बिक्री गरी १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सूर्यज्योति लाइफले २ लाख ८० हजार २६३ वटा बीमालेख बिक्री गरी ८ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ८१ हजार ५७९ वटा बीमा पोलिसी विक्री गरी ७ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS