IME Life
Beema Board

आज पाँच कम्पनीको वार्षिक साधारण सभा हुँदै, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पाँच कम्पनीले साधारण सभा गर्दैछन् । आज हिमालयन पावर पार्टनर,हिमालयन हाइड्रोपावर,लिवर्टी इनर्जी, हिमालयन डिष्टिलरी र रुरु जलविद्युतले साधारण सभा गर्दैछन् ।

रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनश शेयर प्रस्ताव गरेको छैन् ।

Prabhu
Crest

उक्त लाभांश पारित गर्नका लागि कम्पनीले आज पुस २५ गते साधारणसभा गर्दैछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हिमालयन डिष्टिलरी लिमिटेडले आज पुस २५ गते २३औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस वर्ष कम्पनीले कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको अधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

त्यस्तै, लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आज पुस २५ गते गर्ने भएको छ । सभा अमृतभोग क्याटरर्स कालिकास्थान काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले अन्य जलविद्युत आयोजनालाई प्राप्ती गर्न तथा मर्जर प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि पुस १३ गते एक दिन बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

त्यसैगरी हिमालयन हाइड्रोपावर लिमिटेडले १६औं वार्षिक साधारण सभा आज पुस २५ गते गर्ने भएको छ । सभा वाटरफ्रन्ट रिसोर्ट लेक साईट पोखरामा दिनको ११ बजे शुरु गर्ने कम्पनीले जनाको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ । कम्पनीले शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते देखि २५ गते सम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै, हिमालयन पावर पार्टनर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । कम्पनीको मंसिर २९ बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा पुस ११ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS