IME Life
Beema Board

नेप्से परिसूचक ३६ अंकले बढ्दा म्युचुअल फण्ड बाहेक सबै उपसूचक हरियाली

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३६ दशलमव ५७ अंकले बढेर २,०५९ को विन्दुमा कायम भएको छ । आज २१२ कम्पनीको शेयर मुल्य बढेको छ भने २९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सिंगटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल वेयरहाउजीङका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्टका लगानीकर्ताले ५ दशमलव ४६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS