IME Life
Beema Board

हिमालयन एभरेष्ट इन्स्योरेन्सका व्यावसायिक लक्ष्य हासिल गर्ने १६ जना उत्कृष्ट कर्मचारी सम्मानित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना व्यावसायिक लक्ष्य हासिल गर्न सफल १६ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरेको छ । ललितपुरको पुल्चोक स्थित एक होटलमा एक कार्यक्रमको आयोजना गरी उक्त कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो ।

समारोहमा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ, संचालकहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह तथा कम्पनीका उच्च पदस्थ कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

Prabhu
Crest

नेपालको बीमा बजारमा आफ्नो उत्कृष्ट स्थान बनाउन प्रयत्नरत हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको अधिकांश आर्थिक सुचांङ्कहरु प्रगति उन्मुख रहेका छन् ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कम्पनीले आफ्ना कर्मचारीहरुलाई संधै उत्प्रेरित र हौशला प्रदान गर्दै जाने बताउँदै पुरस्कृत र सम्मानित कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले स्वागत मन्तव्य दिइएकी थिइन् भने कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीका कर्मचारीहरुलाई उत्साहित र उत्प्रेरित गर्ने सम्बन्धमा संचालक समिति सदैव तत्पर रहेको बताउँदै सम्मानित कर्मचारीहरुलाई आगामी दिनहरुमा अझ उत्कृष्ट कार्य गर्दै कम्पनीको उन्नती प्रगतिमा अझ बढि योगदान प्राप्त हुने अपेक्षा रहेको बताए ।

समरोहमा सम्मानित कर्मचारीहरुको तर्फबाट गोविन्द खड्का तथा मुना थापाले यस्ता कार्यक्रमबाट आफूहरु अझ उत्साहित भएको र यसबाट आफूहरुमा थप जिम्मेवारी थपिएको महशुस भएको बताएका थिए ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS