IME Life

१३ लघुवित्तले घोषणा गरे लाभांश, ६ कम्पनीले १५ प्रतिशत दिँदा कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म १३ वटा लघुवित्त वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५५ लघुवित्त संस्थामध्ये १३ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म आत्मानिर्भर लघुवित्त, जीवन विकास लघुवित्त, छिमेक लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त, समता घरेलु लघुवित्त, साना किसान विकास लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, धौलागिरी लघुवित्त, यूनिक नेपाल लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआइसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

Prabhu
Crest

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमध्ये १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

सपोर्ट लघुवित्तले कम्पनीकोे कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनलिाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ६८२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीक चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रहेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश वितरण गर्ने भएको हो ।

ग्लोबल आइएमई लघुवित्तले यस आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल ५ दशलमव ७०७६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसमध्ये ५ दशलमव ४२२२ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको हो भने ० दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

साना किसान विकास लघुवित्तले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको । जसमा १४ दशमलव २५ प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनार्थका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये ७ दशलमव ५० प्रतिशत बोनश शेयर र ७ दशलमव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

धौलागिरी लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये १४ दशलमव २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको हो भने कर प्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाले गत आथिृक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नद लाभांश वितरण गर्ने भएको छ ।

जीवन विकास लघुवित्तले गत वर्षको मुनाफाबाट कुल १४ दशमलव ७३६९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये १४ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि ० दशलमव ७३६९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यी कम्पनीहरुमध्ये समता घरेलु लघसवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुक क्लोज मिति तय गरेका छैनन् भने बाँकी सबैले बुक क्लोज गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%

खुसी

9%

दु :खी

9%

अचम्मित

36%

उत्साहित

36%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS