IME Life

प्रभु क्यापिटलका हितग्राहीलाई रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्समा आकर्षक छुट अफर

SPIL
NIC ASIA

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ। प्रभु क्यापिटल र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्स (आरआर ट्राभल्स)बीच ३ वर्षका लागि आज पुस ८ गते सम्झौता भएको हो। सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ट्राभल्सका तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकले आरआर ट्राभल्सले दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन्। काठमाडौंको उत्तरढोका -२ स्थित लाजिम्पाटमा रहेको आरआर ट्राभल्सबाट आन्तरिक माउन्टेन फ्लाइट बुकिङमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाइटमा १० प्रतिशत विशेष छूट अफर पाउने भएका छन्।

Prabhu
Crest

यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्नेछ। जसका आधारमा आरआर ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन्।

प्रभु क्यापिटल मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो। जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई मर्चेन्ट सेवा दिने, पुँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना प्रडक्ट तथा लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यावसायिक सम्झौतामार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिँदै आइरहेको छ। प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाबाट पनि उपलब्ध रहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS