IME Life

हालसम्म सात विकास बैंकले घोषणा गरे लाभांश, कुन-कुनको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० का लागि हालसम्म ७ विकास बैंकले लाभांश घोषणा गरेका छन् । हालसम्म शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक,गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक,लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका हन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३दशमलव १६ रुपैयाँको कुल ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० दशमलव ५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७।३८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँ बराबरको नगद लाभांश छ ।

Prabhu
Crest

मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९र८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ दशलमव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६३ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

महालक्ष्मी विकास बैंकले कूल ६ दशलमव ४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बै.कले बोनश वितरण नगरी नगद मात्रै वितरण गर्ने निर्णय गरेको छ । गरिमा विकास बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये बैंकले ९ दशलमव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने कर प्रयोजनका लागि ० दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

मुक्तिनाथ विकास बैंकले गत आथिृक वर्षको नाफाबाट कुल १० दशलमव २६३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले ९ दशलमव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । लुम्बिनी विकास बैंकले८ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ जसमध्ये ४ प्रतिशत बोनश शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

लाभांश घोषणा गरेका यी ७ विकास बैंकहरुमध्ये तीन कम्पनी महालक्ष्मी विकास बैंक, गरिमा र मुक्तीनाथको बुक क्लोज मिति तय भएको छैन् । तीन बैंकले भने बुक क्लोज गरिसकेका छन् । लुम्बिनी विकास बैंकले भने साधारण सभा र बुक क्लोज मिति तय गरिसकेको छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेसम्म कायम शेयरधनीहरु यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  त्यसकारण अझै ४ कम्पनीको शेयर किन्दा प्रस्तावित लाभांश पाइनेछ ।

यी बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS