IME Life
Beema Board

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिक्लेस हाइड्रोपावरले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

Prabhu
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १९ औँ वार्षिक साधारणसभा पुस २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित आभ्या क्लब घाटीपाटनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले उक्त आर्थिक वर्षको सञ्चालक समितिले तयार पारेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकले तयार पारेको आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS