IME Life

११ लघुवित्तले घोषणा गरे लाभांश, यूनिक नेपालले सर्वाधिक दिँदा कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को लागि हालसम्म ११ वटा लघुवित्त वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५५ लघुवित्त संस्थामध्ये ११ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म छिमेक लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त, समता घरेलु लघुवित्त, साना किसान विकास लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, धौलागिरी लघुवित्त, यूनिक नेपाल लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआइसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

Prabhu
Crest

युनिक नेपाल लघुवित्त वित्तीय संस्था
यस लघुवित्तले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमध्ये १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

सपोर्ट लघुवित्तले कम्पनीकोे कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनलिाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ६८२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीक चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रहेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश वितरण गर्ने भएको हो ।

ग्लोबल आइएमई लघुवित्तले यस आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल ५ दशलमव ७०७६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसमध्ये ५ दशलमव ४२२२ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको हो भने ० दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

साना किसान विकास लघुवित्तले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको । जसमा १४ दशमलव २५ प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनार्थका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये ७ दशलमव ५० प्रतिशत बोनश शेयर र ७ दशलमव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

धौलागिरी लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये १४ दशलमव २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको हो भने कर प्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

लाभांश घोषणा गरेका लघुवित्त वित्तीय संस्थामध्ये स्वाबलम्बन लघुवित्त, एनआइसी एशिया लघुवित्त र आरएसडिसी लघुवित्तले लाभांश प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् भने बाँकी कम्पनीहरुले बुक क्लोज मिति तय गरेका छैनन् । यी कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीहरुको आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूले प्राप्त गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS