IME Life

एनएमबि बैंकले पनि घटायो ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले मंसिरमा तोकिएको ब्याजदर संशोधन गर्दै घटाएको छ।

एनएमबि बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.७६ प्रतिशत र संस्थागतमा ७.७६ प्रतिशत ब्याजदर दिँदै आएको थियो। बैंकले आज मंसिर २५ लागूदेखि हुने भन्दै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागतमा ७ प्रतिशत ब्याजदर निर्धारण गरिएको सूचना प्रकाशित गरेको छ। एनएमबि बैंकले मुद्दति निक्षेपमा ०.७६ प्रतिशतले ब्याजदर घटाएको छ।

Prabhu
Crest

बैंकले कल निक्षेपको ब्याजदर पनि घटाएर २.३० प्रतिशतमा झारेको छ। मंसिर १ गतेदेखि भने बैंकले कल निक्षेपको ब्याजदर २.८०१५ प्रतिशत तोकेको थियो। कल निक्षेपको ब्याजदर ०.५०१५ प्रतिशतले घटेको छ।

यसअघि मंसिर मंसिर १ देखि लागू हुने ब्याजदर पनि बैंकले घटाएर प्रकाशित गरेको थियो। कात्तिकको तुलनामा बैंकले मुद्दति निक्षेपको ब्याजदर १.२४ प्रतिशतले घटाएको थियो। बैंकले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.००३ प्रतिशत र संस्थागतमा ९.००३ प्रतिशत दिएको थियो।

कुमारी बैंकले हिजो सूचना प्रकाशित गर्दै मंसिरको ब्याजदरमा संशोधन गर्दै घटाएको थियो। एनआईसी एसिया बैंकले पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS